सिंहदरबारमा बन्द छैन,सामाजिक सञ्जाल

काठमाडौं । सिंहदरबारमा सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनममा रहेको पाइएको छ ।

सिंहदरबारमा रहेको नेटवर्क अन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्योन्जर लगायतका प्ल्याटफर्म खुल्छन् । विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरू बताउँछन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक थियो ।

गृहमन्त्री लेखक समितिको बैठकबाट बाहिरिएपछि समितिको बैठक पनि स्थगित भयो । बैठकपछि एक सांसद भन्दै थिए, ‘सिंहदरबारमा चल्ने, अन्त नचल्ने भएपछि नागरिकमा आक्रोश त बढिहाल्छ नि ।’

प्रतिक्रिया दिनुहोस