लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृत्व : जानुका पराजुली प्यानलको विजय

पोखराको लेखनाथ क्षेत्रका उद्योगी–व्यवसायीहरूको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको १५औँ अधिवेशन ऐतिहासिक बन्न पुगेको छ। यसपटक पहिलोपटक महिला नेतृत्वले संघको अध्यक्षता पाएको छ। संघमा लामो समयदेखि सक्रिय जानुका पराजुली अधिकारीले अध्यक्ष पदमा निर्वाचित हुँदै संघको नेतृत्व सम्हालेकी हुन्।

अध्यक्षसहित जानुका पराजुलीको प्यानलले सबै पदमा पूर्ण विजय हासिल गरेको छ।

निर्वाचित पदाधिकारीहरूको विवरण
अध्यक्ष : जानुका पराजुली (९९६ मत)
वरिष्ठ उपाध्यक्ष : गोपिचन्द्र बाँस्तोला (९६६ मत)
प्रथम उपाध्यक्ष : विक्रम कर्माचार्य (११५० मत)
द्वितीय उपाध्यक्ष : ध्रुवबाबु भट्टराई (१२१८ मत)
महासचिव : भरतराज ओझा (९५५ मत)
उपमहासचिव : गंगा मल्ल (१०६६ मत)
कोषाध्यक्ष : हरी बस्ताकोटी (१०२७ मत)
सदस्यहरुतर्फको परिणाम
खुला सदस्यमा निर्वाचित:

सुजन न्यौपाने (१०७२)
प्रतिक्षा रानाभाट (१०४०)
भविन्द्र पुन (१०३६)
बिरेन्द्रराज भुर्तेल (९७७)
दिपक अधिकारी (९६०)
प्रभा पौडेल लामिछाने (९४४)
कृष्णप्रसाद तिमिल्सिना (८८३)
सन्दिप बुढाथोकी (८८३)
महिला सदस्यमा:
शर्मिला श्रेष्ठ (११८४)
गंगा सापकोटा परियार (९१०)
एसोसिएट सदस्य: दयाराज भण्डारी (२७ मतसहित विजयी)
संस्थागत सदस्य: विरभद्र कंडेल (निर्विरोध निर्वाचित)

प्रतिक्रिया दिनुहोस