काठमाडौं । सरकारले फेसबुकको मातृ कम्पनी मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा सकिएको छ ।
समयसीमा सकिए पनि सामाजिक सञ्जाल दर्तामा आएन।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा नआएको बताए।दर्तामा नआए के हुन्छ भन्ने प्रश्नमा उनले भने, “अब सरकारले केही निर्णय गर्ला ।”