कास्की —पोखरामा शुक्रबारदेखि सुरू हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको ट्रफी अनावरण गरिएको छ ।
फेवाताल किनार बाराही घाटमा बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ट्रफी अनावरण गरे ।
अनावरणपछि बोल्दै मेयर आचार्यले पोखरामा भलिबलको विकास र महिला सशक्तिकरणमा लिगले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । खेलले मनोरञ्जनसँगै पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने उनले बताए ।