राष्ट्रिय झण्डा सहित मेयर बालेन शाह विरूद्ध आन्दोलनमा कवाड व्यवसायीहरु

कवाड व्यवसायी सङ्घर्ष समिति नेपाल मङ्गलबार काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध आन्दोलनमा उत्रिएको छ।

कवाड व्यवसायीहरुले सोमबार पनि महानगरपालिका घे‍राउ गरेका थिए।

मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’,अदालतको निर्णयलाई सम्मान गर’,’गरि खान देउ’, जस्ता नारा लगाउँदै विरोध प्रदर्शनमा सहभागी भएका छन।

व्यवसायी तथा मजदुरहरूले विगत दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि भइरहेको अन्यायपूर्ण व्यवहारको विरोध जनाएका छन।

प्रतिक्रिया दिनुहोस