पोखरा आर्बामा नगर बस दुर्घटना,२३ जना घाइते

पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन।सोमबार आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा घाइते सबैको उद्धार भैसकेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । सबैको अवस्था सामान्य छ ।

‘दुर्घटना हुने बित्तिकै उद्धार भयो । ठुलो क्षति हुन पाएन,’ प्रत्यक्षदर्शी बिना बरालले बताईन ।

किरण बरालले आफ्नै गाडी र दुई वटा एम्बुलेन्स परिचालन गरेर उनीहरूको उद्धार गरेका हुन् ।

घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस