किरांत याक्थुङ चुम्लुङ पोखराको चौथो अधिवेशन सम्पन्न,अध्यक्ष दिल बहादुर लिम्बू

किरांत याक्थुङ चुम्लुङ पोखरा सातौ साधारणसभा तथा चौथो अधिवेशन अध्यक्ष दिल बहादुर लिम्बू, बरिस्ठ उपाध्यक्ष लक्ष्मण कन्दङ्वा, उपाध्यक्ष किरन नेयोङ, सचिव लक्ष्मी प्रसाद पालुङ्वा, सहसचिव हिम बहादुए लिम्बू,कोषाध्याक्ष बाल कुमारी लिम्बू, सदस्यहरु झस बहादुर लिम्बू,रबिना लिम्बू, रमा श्रेष्ठ लिम्बू,मन माया लिम्बू,साईमना लिम्बु लगायतको नया कार्य समिति बनेको छ।नयां कार्य समितिलाई सपथ किरांत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले सपथ गराएका थिए।

सभा तथा अधिवेशन किरांत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले उद्याटन गर्दै,सम्पुर्ण आदिवासी जनजातीहरुलाई पहिचानको आन्दोलनमा सहभागी हुन अनुरोध गरे।त्यस्तै केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङले पहिचानका लागि संघर्ष अनिवार्य बन्दै गएको बताए।

केन्द्रका महासचिव निरन्ती तुम्भापोले लिम्बु समुदायमा पहिचानको जागरण क्रमिक रुपमा आईरहेको बताईन।

त्यसैगरि भवानी विक्रम सम्भाहाम्फे,रेश्मा खेवाङ,विजेन्द्र चौधरी,चेत बहादुर कुमाल र गजेन्द्र लिम्बु नया कार्य समितिलाई शुभकामना दिए।

अधिवेशनको निर्वाचन अधिकृत विपिन आचार्य र निर्वाचन समिति संयोजक दिनेश सुब्बा र सदस्य खेम लिम्बु रहेका थिए।

कार्यक्रमको अध्यक्षता लक्ष्मण कन्दङवा गरेका थिए भने संचालन लक्ष्मी प्रसाद पालुङवा गरेका थिए।त्यसैगरि स्वागत मन्तब्य सन्जीव मादेनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस