कास्कीको मादी गांउपालिकामा अनेमसंघ(क्रान्तिकारी)को दोस्रो भेला सम्पन्न

नेकपा(माओवादी केन्द्र)को भातृ संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)कास्कीमा मादी गाउपालिकाले आज दोस्रो भेला सम्पन्न गरेको छ।

भेलालाई माओवादी केन्द्र कास्कीका निवर्तमान इन्चार्ज राजकाजी गुरुङ ‘करण’ले सम्बोधन गर्दै भने,महिलाहरुलाई राज्यका हरेक स्थानमा अनिवार्य उपस्थीति गराउदै थप विशेष अधिकार दिनुपर्ने र मादी गांउपालिका महिलाहरु प्रति सधै आफ्नो उच्च सम्मान रहेको बताए।

भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्र कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी ‘हिमाल’ले भने,महिलाहरुले उठाएका ऐजेन्डाहरु प्रति पार्टीको सधै साथ रहेको बताए।

भेलामा माओवादी केन्द्रकी नेत्री एवम गण्डकी प्रदेशकी पुर्व मन्त्री शुसीला सिंखडाले भनिन,महिलाको सशक्त सहभागिताले मात्र देश र समाज परिवर्तन भएको बताईन।

त्यसै गरि माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’ले,महिला दिदिबहिनीहरुको अधिकारका लागि संगठन सधै संघर्षको मैदानमा रहेको बताईन।

भेलाले मादी गाउंपालिका अध्यक्ष अञ्जु गुरुङ,उपाध्यक्ष सुचना अधिकारी,सचिव उषा थापा मगर सहित ३५ सदस्यहरु रहेको समिति निर्माण गरेको छ।

भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु दुर्गा विक,सोमती गुरुङ,कास्कीका संयोजक विश्वप्रकास लामिछाने,महिला संगठनको केन्द्रिय नेत्रीहरु निर्मला क्रान्ति,कल्पना पाण्डे,प्रदेश सदस्य तोरण गुरुङ,लाल बहादुर गुरुङ,अनेमसंघ(क्रान्तिकारी)कास्की अध्यक्ष सिर्जना त्रिपाठी,गांउपालिका अध्यक्ष मित्र गुरुङ लगायतको उपस्थीत रहेको थियो।

साथै नवनिर्वाचित समितिलाई मादी गांउपालिका वडा नं.७ का अध्यक्ष दुर्गा गुरुङले शुभकामना तथा बधाई दिएका थिए।

दलित मुक्ती मोर्चा,मादी गांउपालिका समिति निर्माण

दलित मुक्ती मोर्चा मादी गाउंपालिका समिति गठन भएको छ।मोर्चाको अध्यक्ष रोहित सुनार,सचिव मिरु परियार सहित ३५ सदस्य समिति निर्माण भएको सरस्वती परियारले जानकारी दिइन।

प्रतिक्रिया दिनुहोस