नेपाली विद्यार्थी आन्दोलनको इतिहास,वर्तमानको अवसर र चुनौती

नविन अधिकारी
नेपालको राजनीतिक रुपान्तरणमा विद्यार्थी संगठनहरूको भूमिका ऐतिहासिक रूपमा निकै सशक्त रहँदै आएको छ। राणा शासनको अन्त्यदेखि लिएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनासम्मका सबै मुख्य आन्दोलनहरूमा विद्यार्थीहरूले अग्रमोर्चामा रहेर संघर्षको नेतृत्व गरेका छन्।

वि.स २०२२ सालमा गठन भएको नेपाल विद्यार्थि फेडेरेसन हुदै अनेरास्ववियु,नेपाली विद्यार्थी संघ (नेविसंघ) र अखिल (क्रान्तिकारी) जस्ता संगठनहरूले पञ्चायत विरुद्ध संघर्षमा जेहादी छेडेका थिए।बि.स २०३६ सालको जनमत संग्रह विद्यार्थि आन्दोलनको उपज नै थियो।जनमत संग्रह,विश्वविद्यालयमा स्ववियु स्थापनाका यस आन्दोलनको महत्वपुर्ण योगदान रहेको छ।

बहुदलिय व्यवस्थाको संघर्षपुर्ण आन्दोलनमा पनि तत्कालिन विद्यार्थि नेताहरु सडकको अग्रमोर्चामा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।परिणाम स्वरुप बहुदलिय व्यवस्था पुनस्थापना भएको थियो।पञ्चायती व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्धीत थिए।यसर्थ विद्यार्थी संगठनको भुमिका खुल्ला भएकाले दलहरुको काम पनि गर्ने गर्दथे।

बहुदलिय व्यवस्था आएपछि अनेरास्ववियु र नेबि संघ आफ्ना माउ पार्टी सरकारमा सहभागी भएपछि विद्यार्थिका मागहरुलाई सडकमा छोडे।विद्यार्थिका जनवादी सिपमुलुक ब्यबहारिक,आजको बिज्ञान संग सम्वन्धीत निरङ्कुश राजतन्त्रको अन्त्य र गणतन्त्रको ऐजेन्डा लिएर अनेरास्ववियु(क्रान्तिकारी) अर्थात अखिल(क्रान्तिकारी) सडक बाघको रुपमा सडकमा उत्रियो,जनयुद्धमा हेमियो।यसपछि राज्यले चर्को दमन गरेपछि भुमिगत भयो।गणतन्त्र प्राप्तिको अभियानमा विद्यार्थि दिल बहादुर रम्तेल जनयुद्धको प्रथम शहिद बने।अखिल(क्रान्तिकारी)उच्च शाहदत बेनोज अधिकारी भए भने आज सम्म पनि तत्कालिन महासचिव पुर्ण पौडेल बेपत्ता छन।यसर्थ नेपाली विद्यार्थी आन्दोलनमा अखिल(क्रान्तिकारी)त्याग बलिदान समर्पणको पर्यायको रुपमा स्थापित संगठन हो।

अखिल(क्रान्तिकारी)को भुमिका जनयुद्ध र २०६२/०६३ जनआन्दोलनमा निर्णायक रहेको छ।०६२/०६३ सालके जनआन्दोलनमा सम्पुर्ण विद्यार्थीहरुको शसक्त उपस्थीति रहेको थियो।परिणामस्वरुप नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र आएको हो।आजको जेन जी पुस्ताले यो संघर्षपुर्ण इतिहासको जानकारी राख्नु पर्ने देखिन्छ।मुलुकमा गणतन्त्र आएपछि अखिल(क्रान्तिकारी)को पहलमा २८ वर्ष उमेर हद र समानुपातिक समावेशी स्ववियु निर्माण भएको छ।विद्यार्थि संगठनमा ३२ वर्ष हदबन्दी अखिल(क्रान्तिकारी)को पहलमा कार्वानयन भएको छ।यि ऐजेन्डाहरु अन्य संगठनले पनि सिको गरेका छन।

कतिपय अवस्थामा गणतन्त्र आएपछि विद्यार्थी संगठन मुर्झाएका छन।संगठनहरू आफ्नो ऐतिहासिक चरित्रबाट निकै टाढा पुगेका पनि छन।कहिलेकाही राजनीतिक परिवर्तनको मेरुदण्डका रूपमा स्थापित यी संस्था आज राजनीतिक दलहरूको सानो प्रयोगशालामा सीमित भएका छन्। गुटबन्दी, शक्ति प्रदर्शन, भीड देखाउने होड र नेताहरूको आत्मकेन्द्रित गतिविधिले संगठनहरूको मूल उद्देश्य ओझेलमा परेको छ। शैक्षिक गुणस्तर, पाठ्यक्रम सुधार, विद्यार्थी रोजगारी, मानसिक स्वास्थ्य, र नवप्रवर्तन जस्ता मुद्दाहरू पछाडि पारिएका छन्।

समस्या समाधानको लागि संगठनहरूले आफ्नो वैचारिक स्पष्टता र नीतिगत स्वतन्त्रता कायम गर्नुपर्ने आवश्यकता छ। उनीहरूले अब नयाँ पुस्ताको भावना अनुसार डिजिटल युगमा उपयुक्त विषयवस्तु उठाउनुपर्छ जस्तै प्रविधि, नीति बहस, वातावरणीय चेतना, र यथार्थपरक मागहरू। दलहरूबाट आंशिक स्वतन्त्रता लिएर, संगठनहरूले आफूलाई विद्यार्थीहरूकै पक्षमा उभ्याउने साहस देखाउनुपर्ने समय आएको छ।

निष्कर्षमा, विद्यार्थी संगठनहरूले इतिहासको गौरवलाई बोकेर भविष्यप्रति पनि उत्तरदायी बन्नु आवश्यक छ।संगठनहरू प्रगतिशिल विचार, समावेशी र रचनात्मक बन्दै अघि बढ्न सके भने, नेपालमा फेरि एकपटक परिवर्तन ल्याउने नेतृत्व विद्यार्थीहरूबाटै सम्भव हुनेछ।

प्रतिक्रिया दिनुहोस