कालो धुवां धेरै फाल्ने बस,मिटर नचल्ने ट्याक्सीलाई कार्वाही गर्न प्रदेश सदस्य हरि भण्डारीको माग

गण्डकी प्रदेश सभाको आठौँ अधिवेशनको बिसौं बैठकमा आफ्ना भनाई राख्दै म्याग्दी जिल्ला बाट निर्वाचित प्रदेश सभा सदस्य हरि बहादुर भण्डारीले मिटर नचल्ने ट्याक्सी र अत्याधिक कालो धुवां धेरै फाल्ने बसको नियमन,अनुगमन र कार्वाही गर्न आग्रह गर्दा पनि नगर्ने गरेको भन्दै प्रदेश सरकारको मौनता माथि प्रश्न गरेका छन।

गण्डकी प्रदेश भित्र विशेषगरि पोखरामा चल्ने यातायातका साधनहरु पछिल्लो समयमा कतिपय ट्याक्सीको मिटर नचलेका र बसले कालो धुवां धेरै फाल्ने गरेका भिडियोहरु सामाजिक सञ्जालमा ब्यापक आएका छन।

माओवादी नेता भण्डारीले धुवांले जनतालाई सास्ती भएको भन्दै गण्डकीको वायु प्रदुषणमा प्रदेश भित्र चल्ने पुराना सवारि साधनको पनि केहि हदसम्म भुमिकारहेकाले यसको नियमन,अनुगमन र कार्वाही गर्नका लागि निरन्तर गण्डकी प्रदेश सरकार संग माग गरिरहेका छन।

प्रतिक्रिया दिनुहोस