गण्डकी प्रदेशका २ पालिकाले ल्याउन सकेनन् बजेट

गण्डकी प्रदेशका कुल ८५ पालिकामध्ये ८३ पालिकाले भने तोकिएकै म्यादभित्र बजेट ल्याए।बजेट नआएका २ पालिकामा प्रमुख कारण हो–जनप्रतिनिधिबीच आन्तरिक विवाद ।

सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीच सहमति नजुट्दा गण्डकीका २ पालिकाले तोकिएको समयभित्र बजेट ल्याउन सकेनन् । कास्कीको मादी र पर्वतको बिहादी गाउँपालिकाले दुई पार्टीबीच टकरावले १० असारभित्र बजेट ल्याउन नसकेका हुन् । संविधानअनुसार स्थानीय तहले १० असारभित्र सभामा बजेट पेस गरिसक्नुपर्ने अनिवार्य व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस