मादी गाउँपालिका कास्कीको गाउँसभा स्थगित भएको छ।मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले आउँदो बर्षको लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गरे पश्चात टेवल भई छलफलकै क्रममा केही सदस्यहरुले नियम आपती जनाएसंगै सोमबार नै बजेट ल्याउने तयारी गरे पनि बैठक स्थगित भएको पालिकाले जनाएको छ।

मादी गाउँपालिकाका पालिकाका सदस्य सचिव धनेन्द्र भूजेलले जारी गरेको गाउँसभा स्थगित सम्बन्धि सूचनामा अर्को सूचना प्रकाशन नहुँदासम्म मादी गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन स्थगित भएको उल्लेख गरिएको छ।कागेंसकी गाउँसभा सदस्य पार्वती राना मगरले बैठक किन ढिला सुरु गरेको, कार्यपालिकामा पार्टीको बैठक जस्तै गरी बैठक बसेको लगायतको बिषयमा भनाई राखेसंगै केही एमालेका गाउँसभा सदस्यले नियम आपत्ति जनाएसंगै बजेट ल्याउने बैठक स्थगित भएको बताइन्छ।एमालेका गाउँसभा सदस्य माधव सापकोटा र दीपक क्षेत्रीले नियम आपत्ति जनाएंगै उक्त बिषय गाउँसभाको रेकर्डबाट हटाउन माग गरेसंगै केहीले माने पनि केहीले दोहोरो चरित्र प्रर्दशन गरेका कारण बैठक स्थगित भएको नाम नबताउने गरी एक सदस्यले जनाए।
नेपाली कागेंसबाट पालिका अध्यक्ष देविजंग गुरुङ र एमालेकी कल्पना गुरुङ उपाध्यक्षमा विगत ३ बर्ष अघि निर्वाचित भएका थिए।नेपालको संविधानतह असार १० गते भोलि सम्म स्थानिय तहले बजेट ल्याउनु पर्ने कानूनि व्यबस्था गरिएको छ।