माओवादी केन्द्र पोखरा महानगर अध्यक्षमा हरि भण्डारी निर्वाचित

नेकपा(माओवादी केन्द्र)पोखरा महानगरपालिका समिति अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित भएका छन् । जेठ २७ गतेदेखि सुरु भएको सम्मेलनमा शनिबार भएको मतदानबाट नयाँ नेतृत्व चयन भएको हो ।

सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भए पनि सफल नभएपछि मतदानबाट अध्यक्ष लगायतका पदाधिकारी चुनिएका हुन् । अध्यक्षमा विजयी भण्डारीले ५१ मत पाउँदा उनका प्रत्यासी जनकराज पराजुलीले ३५ मत पाए । कमिटीमा ३ उपाध्यक्षमा अर्जुन मल्ल, पुष्पकमल ढुंगाना र देवीमाया अधिकारी विजयी बने ।

सहसचिवमा चन्द्रबहादुर गुरुङ र कोषाध्यक्ष अनिल परियार विजयी हुँदा सचिवमा यसअघि नै सूर्यप्रकाश तिवारी सर्वसम्मत बनेका थिए । माओवादी केन्द्र पोखरा महानगरमा दुई प्यानल जस्तै बनेर प्रतिस्पर्धा भएको हो । अध्यक्षमा विजयी भण्डारीको प्यानलले पदाधिकारीमा सबै पद जित्दा पराजुली प्यानलबाट कोही पनि निर्वाचित हुन सकेनन।

पोखरा महानगरपालिका समिति सदस्य भने सर्वसम्मत चयन गरिसकेको छ । माओवादी पोखरा महानगर कमिटीमा ८६ सदस्य यसअघि नै सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस