भारतामा अहिले सम्म कै ठुलो विमान दुर्घटना

पोखरापाटी।भारतमा ठूलो विमान दुर्घटना हुँदा २४१ जनाको शव भेटिएका छन।भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ ।

लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । विमानमा १५० भन्दा बढी यात्रु रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ।

लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहमदाबादबाट लन्डनका लागि उडान भर्ने क्रममा विमान दुर्घटना भएको बताइएको छ। विमानमा २४२ जना यात्रु सवार रहेको जनाइएको छ। विमानस्थालबाट १स्३८ बजे उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस