विश्व नाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

लामो रस्साकस्सी पछि डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले उनको नाम एक नम्बरमा राखेर सूची मन्त्रिपरिषद्‌मा पठाएको थियो । जस अनुसार, पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।

यससँगै राष्ट्र बैङ्कमा डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदमा नियुक्ति भएको छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस