नेपाली होमस्टे,‘टाइम म्यागजिन’को सन् २०२५ को ‘ग्रेटेस्ट प्लेसेस’ सूचीमा

विश्वको प्रसिद्ध म्यागजिन टाइम ले नेपालको सामुदायिक होमस्टेको चर्चा गरेको छ । सन् २०२५ का महान स्थानहरू अर्थात् ‘ग्रेटेस्ट प्लेसेस’ को सूचीमा नेपालका सामुदायिक होमस्टे परेका छन् ।

समाचारमा कम्युनिटी होमस्टे नेटवर्कले यात्रुहरूलाई स्थानीय समुदायसँग जोड्ने कार्य गरिरहेको उल्लेख गरिएको छ ।

सन् २०१२ मा पनौतीबाट सुरु भएको कम्युनिटी होमस्टे नेटवर्क हाल १८ वटा समुदायमा फैलिएको छ र २०० भन्दा बढी संरचनाहरूमा सञ्चालन भइरहेको समाचारमा जनाइएको छ ।

साथै पनौतीका १३औँ शताब्दीका नेवारी घरहरूलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढिरहेको पनि समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस