कांग्रेसले पोखरा कस्तो बनाउने बारे सुझाव संकलन

पोखरा । पछिल्लो समय नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ ।

विभिन्न शिर्षकमा तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिइङ गर्न छलफल गरी सुझाव संकलन गरेको हो ।

कांग्रेस कास्कीले पहिलोपटक वडा कार्यसमितिका सभापतिसँग छलफल गरेको थियो । दोस्रोपटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव संकलन गरेको छ । सोमबार पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गरिने जनाइएको छ ।

जिल्ला सभापति किशोरदत्त बरालले भने, ‘आवश्यकता बुझ्ने छौं । त्यसपछि तीन तहका सरकारसँग लबिइङ गर्नेछौं । सुझाव आधारमा पोखरा र गाउँपालिकाको आवश्यकता पहिचान हुने र त्यसै अनुसार अगाडि बढ्ने तयारी छ ।’

सुझाव संकलनपछि पोखरामा आवश्यक भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकता के छ त्यस बारेमा निष्कर्ष सहित ३ तहका सरकारसँग लबिइङ गरिने कास्की काँग्रेस सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले बताए ।

प्रतिक्रिया दिनुहोस