वाईसियल स्याङ्जा अध्यक्षमा सफल तिवारी


वाईसियल(योङ्ग कम्युनिस्ट लिग) नेपाल स्याङ्जा जिल्लाको चौथो जिल्ला सम्मेलन बाट तत्कालिन जनमुक्ती सेनाका कमान्डर सफल तिवारी (अर्जुन)सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएका छन।

समितिको उपाध्यक्षमा प्रकाश रिजाल र दिपेश कुमाल, सचिवमा सागर भट्टराई, सह-सचिवमा आविष्कार क्षेत्री, प्रेम राना, टोप ब. गुरुङ, राजेश श्रेष्ठ, सुवास सुनार सहित पैचालिस जनाको जिल्ला समिति सदस्य चयन भएका छन्।

सम्मेलनमा विभिन्न पालिका र वडास्तरका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मेलनमा माओवादी केन्द्र स्याङ्जाका इन्चार्ज शैलेन्द्र घिमिरेले, युवाहरुको आशा र भरोसाको केन्द्र अहिले पनि वाईसियल नै रहेको बताए।

यसैगरि सम्मेलनमा वाईसियल नेपालका महासचिव गणश शाहीले बिकृति र बिसंगतिका विरुद्ध सधै वाईसियल लागिरहेको बताए।

सम्मेलनमा सम्पन्न गर्नका लागि माओवादी केन्द्र स्याङ्जाका विभिन्न तहका नेताहरुको उपस्थिति भुमिका रहेको थियो।

प्रतिक्रिया दिनुहोस