
पोखरामा ताओ एसोशियसनको आयोजनमा २ दिने ताओ सेमिनार गोष्ठी सम्पन्न भएको छ।गोष्ठीमा मुख्य प्रवचनकर्ताहरुले ताओ ज्ञानको महत्व बारे प्रवचन गरेका थिए।ताओ दर्शन ज्ञानको बारेमा कर्ताहरुले विभिन्न विषयमा प्रवचन गरेका थिए।

बाबा आमाको महत्वको बारेमा दिपक लाल पराजुलीले प्रवचन गरेका थिए।

जीवनको वास्तविक अर्थको बारेमा कल्पना न्यौपानेले दाहालले प्रवचन गरेको थिईन।

ताओको महानता र अर्थको बारेमा प्रकाश भट्टराईले प्रवचन गरेका थिए।

दश महान प्रतिज्ञा र तिन दिब्य रहस्यको बारेमा चन्द्र भण्डारीले प्रवचन गरेका थिए।

आन्तरिक साधना र बाह्य सदगुणको प्रभावको बारेमा सुवर्ण कुमार श्रेष्ठले प्रवचन गरेका थिए।

खानपानको शुद्धता शाकाहारी जीवन शैलीको महत्वको बारेमा साईमन कोय,मलेसीयाले, प्रवचन गरेका थिए।
नेपालमा ताओ दर्शन वृद्धि इतिहासको बारेमा सन्ध्या,मलेसीयाले,प्रवचन गरेकी थिइन।
विश्वास प्रतिज्ञा अभ्यास र ज्ञान प्राप्ति सम्बन्धमा आनन्द दाहालले प्रवचन गरेका थिए।

गोष्ठीमा ताओ एसोशियसन पोखराका प्रमुख आनन्द दाहालले,जीवन उपयोगी बनाउन ताओ दर्शन उपयोगी रहेको र ताओ दर्शनले जीवन शैलीमा परिवर्तन ल्याउने हुनाले साधना गर्न आवश्यक रहेको बताए।

गोष्ठीको आन्तरिक ब्यस्थापन इश्वर कार्कीले गरेका थिए भने स्वयंसेवी सेवामा जसमाया जिरेल,उषा बस्नेत,पुर्णीमा थापा,सिता थापा,मधु श्रेष्ठ,सिता पोखरेल,निशा उपाध्याय,मोना थकाली,दिक्षा दाहाल,ओशिमा राई,टिक बहादुर गुरुङ,निराजन माझी र विशाल घिमिरेले सहयोग गरेका थिए।

ताओ एसोशियसन मानसडक बगर पोखरामा भएको गोष्ठीमा करिब दुई सय जनाको उपस्थीति रहेको थियो।२०८२ बैशाख १९ र २० गते सम्पन्न गोष्ठी निकै उपयोगी भएको सहभागीले बताए।

यसैगरि गोष्ठी कार्यक्रम सञ्चालन आनन्द दाहालले गरेका थिए भने अध्यक्षता चियर पर्सन छियन रनले गरेका थिए।
