पहलगाम घटना,भारत र पाकिस्तान बिच सिमा युद्धको संभावना

पोखरापाटी-पहलगाम बैसरन उपत्यकामा सन २०२५ अप्रिल ३० मा दिउँसो ३ बजेतिर सेनाको आतंककारीको समुहले पर्यटकमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २६ जनाको मृत्यु भयो।यस घटनामा नेपालका सुदिप न्यौपानेले ज्यान गुमाएका छन।

पाकिस्तानी आतंकवादी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित समूह द रेजिस्टेन्स फ्रन्टले यस आक्रमणको जिम्मेवारी लिएको छ । गुप्तचर एजेन्सीसँग सम्बन्धित स्रोतका अनुसार यस आक्रमणको ‘मास्टरमाइन्ड’ लश्कर–ए–तैयबाका उपप्रमुख सैफुल्लाह खालिद हुन् । सैफुल्लाह खालिद आतंकवादी हाफिज सईदको धेरै नजिक रहेको बताइएको छ ।

भारत बीचको पाकिस्तानको द्वन्दको इतिहास देशहरुको स्थापना काल देखि नै छ।बङ्गलादेशको विभाजन देखि कारगिल युद्ध सम्म चलिरहेको द्वन्द सन् २००८ मा मुम्बई हमला भयो जसमा होटल, रेलवे स्टेसन र एक यहुदी केन्द्रमा ६० घण्टा लामो कब्जा हुँदा १६६ जनाको ज्यान गएको थियो।

सन् २०१६ मा उरीमा १९ जना भारतीय सैनिकहरूको मृत्यु भएपछि भारतले लाइन अफ कन्ट्रोल भनिने भारत र पाकिस्तानबीचको वास्तविक सीमा पार गर्दै आतङ्कवादी अड्डाहरूलाई लक्षित गरेर “सर्जिकल स्ट्राइक” गरेको थियो।

सन् २०१९ मा पुलवामा बम विस्फोटमा ४० जना भारतीय अर्धसैनिकहरू मारिएपछि बालाकोटमा हवाई हमलाहरू भए थियो। त्यस्तो हमला सन् १९७१ यताकै पहिलो थियो जसले डगफाइट अर्थात लडाकु विमानहरूबीच झडपहरू निमतिएको थियो।

सन् २०१६ यता र खासगरी सन् २०१९ को हवाई हमलापछि नाटकीय रूपमा तनाव बढिरहेको थियो।पहलगाम घटनाले यसलाई थप द्वन्द तर्फ उन्मुख गराएको छ।

हरेकपटक भारतले आक्रमणका लागि पाकिस्तानमा रहेका लडाकु समूहहरूलाई जिम्मेवार ठहर्‍याएको छ र इस्लामावादले उनीहरूलाई मौन रूपमा समर्थन गरेको आरोप भारतको छ।

भारत र पाकिस्तान दुवैले दाबी गरेको कश्मीरमा भारतीय शासनविरुद्ध दशकौंदेखि विद्रोह भइरहेको छ । भारतले उक्त विद्रोहलाई पाकिस्तानले आर्थिक सहयोग र समर्थन गर्ने गरेको आरोप लगाउँदै आएको छ । तर उक्त आरोप पाकिस्तानले अस्वीकार गर्छ ।

हालसालै घटेको पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चर्किएको छ । तनावको वाछिटा दुई देशबीचको आकाश र पानीमा देखिएको छ । भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धिलाई निलम्बन गरिदिएको छ भने प्रतिउत्तरमा पाकिस्तानले पनि भारतसँगको व्यापारदेखि सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिदिएको छ ।

पुलवामा हमला पछि भारत र पाकिस्तानबीचको तनावका कारण बिग्रिएको दुई देशको सम्बन्धमा केही सुधार हुने संकेत देखिएको बेला फेरि भएको पहलगाम आतंकवादी हमलाले दुई देशबीच तनाव चुलिएको छ ।यसले दक्षिण एसियाका दुई परमाणु शक्तिबीचको टकरावको सिधा असर दक्षिण एसियाको आर्थिक र सामाजिक विकासमा पर्ने निश्चित छ ।सिमा युद्धको संभावना देखिएको छ।

-ऐजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस