संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्न,बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने


कास्कीको मादी गाउँपालिका वडा न.३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ।याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा २५६९ औं बुद्ध जयन्तीको अवशरमा बैशाख २७,२८ र २९ मेला गर्न लागिएको अध्यक्ष योगेन्द्र गुरुङले जानकारी गराए।

याङ्जाकोटको पर्यटन प्रवर्द्धन,संस्कृति संरक्षण र युवालाई खेलकुद मार्फत रचनात्मक कार्यमा लगाउने उद्देश्यले मेला गर्न लागिएको अध्यक्ष गुरुङले बताए।

उनका अनुसार मेलामा साँस्कृतिक कार्यक्रम,ठेलो, भलिबल, कुर्चि खेललगायत प्रतियोगिता हुनेछ।भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।

ठेलो प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार,आजीवन ठेलो प्रायोजक हिरासींह गुरुङ बाट प्राप्त गर्नेछ।ठेलो प्रतियोगितामा दोस्रो हुनेले २५ हजार नगद पुरस्कार पाउनेछन।साथै विजेतालाई नगदको साथमा प्रमाणपत्र,फेटा लगाएर बाजासहित गाउँ परिक्रमा गराइने क्लबका सचिव अमृत गुरुङले जानकारी दिए।

महिला रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन।महिला कुर्ची खेलमा प्रथम हुने समूहले ५ हजार र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार पाउनेछन् ।

यसैगरि मेलामा गाउपालिका र याङजाकोटका युवाहरुको पहलमा घाटु नाच् पनि देखाउने तयारी रहेको छ।स्थानीय कला संस्कृतिक,पहिचान र सम्पदालाई संरक्षण गर्नका लागी मादी गांउपालिका अध्यक्ष देवि जंग गुरुङ लागि परिरहेका छन।साथै मेलाबाट संस्कृति संरक्षरण र पर्यटन प्रवर्द्धनका लागि परिरहेको मादी गांउपालिका वडा न.३ का अध्यक्ष तथा क्लवका निवर्तमान अध्यक्ष विकास गुरुङले बताए।

मेलामा हेर्न जानेहरुका पाहुनालाई खान बस्नका लागि याङ्जाकोटको होमस्टे र होटलमा सहजै व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए।उनले भने,‘हाम्रो त्यहाँ प्रयाप्त होमस्टे र होटल रहेका छन।महोत्सवभर अझ बढि पाहुना आउनुभएमा पनि हामीले व्यवस्थापन गर्नेर्छौ।’

मेला सम्पन्न गर्नका लागी विभिन्न समिति गठन भएका छन।जुन समितिहरु यसप्रकार छन,भलिबल संयोजक निशान गुरुङ साथमा अभिषेक गुरुङ,कृष्ण गुरुङ,हर्क सिँह गुरुङ,कशम गुरुङ छन भने आर्थिक संयोजक श्याम गुरुङ र विजय गुरुङ छन।साथै सांस्कृतिक कार्यक्रम संयोजक कुमार गुरुङ साथमा दीपिका गुरुङ,आकांक्षा गुरुङ,आश्मी गुरुङ,सुजा गुरुङ छन।

यसैगरि अतिथि सत्कार संयोजक दीपिका गुरुङ साथमा आकांक्षा,आश्मी,सुजा गुरुङ,ठेलो पार सिँह गुरुङ,पञ्चे बाजा टेक बहादुर परियार,मञ्च व्यवस्थापन नारायण गुरुङ,विद्युत प्राविधिक रमेश परियार,प्रचारप्रसार हेम बहादुर गुरुङ,पोखरा टेलिभिजन र पोखरापाटीका सिद्दान्त शाही रहेका छन।

यस वर्षको मेलामा विविध सांस्कृतिक तथा रात्रिकालीन कार्यक्रमहरू समेत आयोजना गरिने छ।मेलामा सहभागी हुन सम्पूर्ण स्थानीय बासिन्दा,कलाकार,खेलाडी तथा सम्पूर्ण शुभेच्छुकहरूलाई क्लबले हार्दिक निमन्त्रणा गरेको छ।

मेलामा बैशाख २७ गते बेलुका कलाकार ज्योती मगर आउने भएकी छन।

मेलाको मुख्य प्रयोजक याङजाकोट हङकङ परिवार,हङकङ रहेको छ भने प्रायोजक याङजाकोट युके परिवार,युके रहेको छ।साथै सह प्रायोजक मादी गाउपालिका वडा नम्वर-३ रहेको छ।मेलालाई सफल बनाउनका लागि देश विदेश बाट संस्कृति प्रेमीहरुले लागि रहनु भएको छ।मेलामा हिरा सिंह गुरुङ,याङजाकोटे ठिटाज र माधब चापागांई लगायत थुप्रैले आर्थिक सहयोग गरेका छन।आर्थिक सहयोग भने मेला अबधिभर सम्म जारि नै रहने आयोजकले बताएका छन।

याङ्जाकोटको पहिचान र संस्कृति झल्काउन मेला स्मरणीय बनाउने उद्देश्यले सम्पूर्ण समितिहरु तयारीमा जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस