छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेश गरिदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेश गरिदै छ ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्याइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस