गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ्ग संघको प्रथम अधिवेसन पोखरामा सम्पन्न

गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ्ग संघको प्रथम अधिवेसन पोखरामा सम्पन्न भएको छ ।

अधिवेशन प्रदेश कार्यसमितिका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा  समपन्न भएको हो।

प्रदेशभित्रका अधिकांश जिल्लाको प्रतिनिधि सहितको उपस्थितिमा सम्पन्न कार्यक्रमको प्रमुख आथिथ्य प्रदेश खेलकुद परिसद गण्डकीका सदस्य तथा प्रतिनिधि बिनय थापाले गर्नुभएको थियो।

अधिबेसनले २ सदस्यीय पछि थप्नेगरी ११ सदस्यीय संघ गठन गरेको छ । निर्बाचन अधिकृतको रुपमा जानुभएका अधिबक्ता प्रमोद आचार्यको निर्बाचन मण्डलले अध्यक्षमा राजकुमार घिमिरे , उपाध्यक्षमा बुद्दी पुन, महासचिवमा सुर्य खड्का,सचिबमा माया छन्त्याल , कोसाध्यक्षमा भरत तिमिल्सिना , सदस्यमा इश्वर सिंह , दयाराम अधिकारी , सुनिल भुर्तेल , रेमु थापा र अन्य दुई सदस्य पछि थप्ने गरि ११ सदस्यीय समिती निर्बाचित गरेको हो ।

यस्तै गएको बैशाखमा भेला मार्फत तदर्थ समितिको मान्यता पाएको समितिलाई आज भएको भेलाले नयाँ कार्यसमितिको रुपमा निर्बाचित गरेको हो।

भेलामा अध्यक्ष राजकुमार घिमिरेको प्रतिबेदन र कोसाध्यक्ष भरत तिमिल्सिनाको आर्थिक प्रतिबेदन पनि सर्बसम्मतले पारित गर्यो। समितिको तर्फबाट नबनिर्बाचित अध्यक्ष राजकुमार घिमिरेले अब नयाँ कार्ययोजना सहित गन्डकी प्रदेशमा खेलाडीको संख्या बढाउने ,बिभिन्न प्रतियोगितामा गन्डकिलाई अग्र स्थानमा पुर्याउने, कल्ब, पार्कहरुलाई ब्य्बस्थित बनाउने , नियमन र ब्यबस्थापनमा चुस्त भएर लाग्ने योजना प्रस्तुत गर्दै अब नयाँ कार्ययोजनाको निम्ति खेलकुद परिसद, पोखरा महानगरपालिका , खेलकुद मन्त्रालय लगायत सबै सम्पुर्ण सरोकारवाला पक्षहरुको ध्यानाकर्षण समेत गराए। विभिन्न खेलाडी प्रशिक्षक , सहयोगदाता लगायत लाई सम्मान गरिएको कार्यक्रमको सन्चालन सुर्य खड्काले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस