बिधुत् महसुल- ठुला उधोगको असुल गरी सर्वसाधारण जनताको मिनाह गर – नेकपा ( बहुमत )

नेपाल बिधुत प्राधिकरणले  प्राधिकरणलाई बक्यौता रकम नतिरेको भन्दै  करीब ६ उधोगको प्रशारण लाईन कटौती गरेपछि सरकारले बिधुत बक्यौता तिर्न आनाकानी गर्ने ठुला भनिएका उधोगहरुलाई माफी दिने ध्यय सहित पुनः लाईन जोड्न प्राधिकरणलाई दबाब दिएपछि धर्बेन्द्र बास्तोला नेतृत्वको नेकपा ( बहुमत ) ले आपत्ती जनाएको छ ।

नेकपा ( बहुमत ) का संयोजक धर्बेन्द्र बास्तोला कन्चनले एक बिज्ञप्त्ति जारी गर्दै आपत्ति जनाएको हो ।

नेता धर्बेन्द्रद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा देशले लोडसेडिङ खेपिरहेको अवस्थामा बिधुत महसुलको ८ अर्ब २६ करोड रुपैयाँ तिर्न बाकी रहेका ठुला उधोगहरुलाई मिनाह गर्ने र साना तथा मझौला साथै आम जनताले ६० दिनसम्म महसुल नबुझाए जतिबेला पनि बिधुत लाईन काटिदीने गरेको भन्दै यो सरकार दलाल नोकरशाही र बिचौलियाको रहेको बताएको छ ।

यस्तै बिज्ञप्तिमा उत्त उधोगहरुको महसुल असुल गरी साना किसान, घरेलु उधोग र सर्वसाधारणको बिधुत महसुल मिनाह गर्न उदृत गरेको छ भने  सरकारले लिएको यो कदमको बिरुद्द आफ्नो पार्टीले सशत्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस