टार्गेटमा लघुबित्तकर्मी, क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ब्रान्च मेनेजरमाथी अलकत्रा प्रहार !

देशब्यापी रुपमा लघुबित्त र सहकारी बिरुद्द चर्को आवाज उठिरहेको बेला सुर्खेतमा रहेको डिप्रोक्स लघुबित्तको हाकिम  दिपेन्द्र कट्टेल लाई कलोमोसो दलिएको छ ।

एकातिर लघुबित्त पिडितहरु भन्दै आन्दोलनरत छन् भने दुर्गा प्रसाईंको नेतृत्वमा पनि बैंक सहकारी र लघुबित्त बिरुद्द आन्दोलनरत रहँदा बैधेको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठन क्रान्तिकारी युवा संगठनले पनि आज सुर्खेतको डिप्रोस लघुबित्तका हाकिम कटेललाई कार्यकक्षमै पुगि कालोमोसो दलेको छ ।

यता क्रान्तिकारी युवा संगठनले संस्थाले असुल गरिसकेको  रकम सदस्यहरु संग  पटक- पटक माग्ने तथा यातना दिने गरेको,रकम असुलिको नाममा जनतालाई त्रसित गरि घरवार छोड्न बाध्य पारेको,संस्थाको रकम दिन नसक्ने महिला माथिहातपात गर्ने र चरित्र हत्या गर्ने खालको गतिविधि गरेको साथै संस्थाको आर्थिक हिना मिना गरेका कारण कारवाही स्वरुप मोसो दलिएको बताएको छ ।

यस्तै कालोमोसो दल्ने दुई जनालाई आजै प्रहरीले पक्राउ समेत गरेको छ । शाखा प्रबन्धक कट्टेललाई मोसो लगाएको आरोपमा सुर्खेतको गुर्भाकोट नगरपालिका -९ का बर्ष २० का बिष्णु हरी घर्ती र मुगुको सोरु गाउँपालिका -८ का राम बहादुर बिक पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस