पाेखरा : पाेखराकाे विवादित जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी,कास्कीले डोजर चलाएको छ ।
विवादित अनिल र प्रकाश (खोप्लाङ्ग) जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले डोजर चलाउएकाे हाे । पोखरा न्यूरोडमा रहेको ५ रोपनी ६ आना ३ दाम जग्गा हरिबहादुर थापा र ज्ञान बहादुर थापाको संयुक्त नाममा रहेको जग्गालाई जालसाक्षी, किर्ते गरी हरिबहादुर थापाको श्रीमती रामकुमारी थापा हुनपर्नेमा भुण्टीदेवी थापा नाम राखी किर्ते सही छाप गरी जग्गा पास गरेको भन्दै अाज बिहान डाेजर चलाएको बताएको छ ।
उक्त पार्टीले चलाएको डाेजरबारे ब्यानर समेत राखेर सार्वजनिक जानकारी गराएको छ ।
पोखराको न्युरोडमा रहेको उत्त जग्गा बिगत लामो समयदेखी बिवादीत बन्दै आएको र हालसम्म पनि बिबाद समाधान भएको छैन । करीब ९ रोपनी ६ आना ३ दाम क्षेत्रफलमा रहेको उत्त जग्गा खोप्लाङ्गे साउले जालसाजी गरेर जग्गा हडपेको आरोप सहित लामो समय देखी बिवाद चर्किरहेको छ ।
पटक पटक विभिन्न राजनिती पार्टीद्वारा मुद्दाका रुपमा अनेकन क्रियाकलाप कब्जा गर्ने, कालो ब्यानर टास्ने, संरचना भर्काउने, बिज्ञप्त्ति निकाल्ने, डोजर चलाउने काम बिगतमा नभएका पनि होइनन् ।
उत्त जग्गा सम्बन्धि मुद्दा हेर्दा २०६३ सालयता तत्कालिन नेकपा माओवादी कास्कीमा उजुरी गरेपछि पिडित पक्षलाई १० लाख मात्र दीएर कास्की पार्टीलाई रु. १ करोड भन्दा बढि रकम दीएर न्याय दिने बिरुद्द पार्टीका केही नेताहरुले छलछाम गरेको आरोप समेत लगाईएको छ ।
पार्टी शान्ति प्रक्रीयामा गएपछि केही समय अस्ताएको उत्त मुद्दा फेरी पिडितले न्याय माग गर्दै मोहन बैधे किरण हुँदै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समक्ष आएको थियो । मुद्दालाई केलाउने क्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पिडितले न्याय पाउनुपर्ने ठहर सहित बिज्ञप्त्ति मार्फत जनाएको थियो । यस बिचमा बिप्लव नेतृत्वको नेकपा कास्कीले बिभिन्न चरणमा संघर्ष समेत गरेको तथ्यहरु भेटिन्छन् । उत्त पार्टीले झण्डा गाड्ने, साथै डोजर लगाउने समेत काम गरेको थियो । २०७५ मंसिर २५ गते नेकपा कास्की जनसरकारले उत्त जग्गामा डोजर लगाउँदै जग्गा पार्टीको निगरानिमा रहेको बताएको थियो । यस्तै यस अघि कास्की जिल्ला सेक्रेटरी जगन तिवारीको बेलामा उत्त पार्टीले तिन बुँदागत बिषय सहित झण्डा र ब्यानर टाँसेको थियो जसमा जनपरीषद कास्कीका नाउँमा बिबाद समाधान नभए सम्म जग्गा किनबेच, भाडामा लिन दिन रोक्का गरेको थियो ।
यसरी हाल पुनः मोहनबैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी समक्ष यो मुद्दा रहेको र उत्त जग्गामा पुनः संघर्ष गरीएको पाईएको छ ।