बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथी कालोमोसो दलिएको आरोपमा एक जना गिरफ्तार

बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथी कालोमोसो दलिएको आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।

क्रान्तिकारी  कम्युनिस्ट पार्टी नेपालका केही कार्यकर्ताले बाटोमा मोटरसाईकल सवार केसीलाई रोकि कालोमोसो दलेको भन्दै पुर्ण गुरुङलाई गिरफ्तार गरेको हो ।

गिरफ्तार पछि उत्त संगठनले झुठो मुद्दा लगाई फसाउने षड्यन्त्र रचेको भन्दै एक बिज्ञप्ति निकाली गुरुङको रिहाईका लागि आह्वान गरेको छ । क्रान्तिकारी युवा संगठन ४ नम्बर प्रदेश इन्चार्ज अनुकुलद्वारा हस्ताक्षरीत बिज्ञप्तिका अनुसार  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल का केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला समितिका संयोजक कमरेड पूर्ण गुरुङलाई घरबाटै विना कारण प्रहरी प्रशासनले धरपकड र गिरफ्तार गरेको घटना प्रति हाम्रो पार्टीको गम्भीर रुपमा ध्यानाकृष्ट भएको छ । गत माघ ७ गते बाग्लुङ जिल्ला बडिगार्ड गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताप केसीले महिलाहरुले प्रयोग गर्ने आइरन चक्की डेट स्पायर भएको वितरण गरेको र आइरन चक्कीमा ठूलो रकम घोट‌ला र भ्रष्टाचार भएको तथा कमिशनको खेल समेत भएको सुचना र जानकारी बाहिर आएपछि जनस्तरबाट  जनताको जीवन- माथि खेलवाड गर्ने भ्रष्ट स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताप केसीलाई चेतावनी स्वरुप जनताले नै कालोमोसो दलेको बिषयलाई लिएर क. पूर्ण गुरुङलाई वारेन्ट जारी गरि  , गिरफ्तार समेत गरी झुट्ठा मुद्दा लगाउने जस्तो कार्यको क्रान्तिकारी  कम्युनिस्ट पार्टी  ४ नं. प्रदेश समिति घोर विरोध र भर्त्सना गर्दछ। साथै क. पूर्ण गुरुङलाई तत्काल बिना सर्त रिहाई गर्न जोडदार आग्रह गर्दछौं। अन्यथा तत्काल गिरफ्तार कमरेडलाई रिहाई नगरेमा हाम्रो पार्टीले त्यस‌का विरुद्ध सशक्त संघर्षका कार्यक्रम घाषणा गर्ने जानकारी गराउँदै यसबाट उत्पन्न हुने परिस्थतिको जिम्मेवार स्वयम सरकार र स्थानीय सत्ता हुने कुरा समेत जानकारी गराउन  चाहन्छौ”
बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ शाखा प्रमुख विरेन्द्र केसीको मिलेमतोमा म्याद गुज्रिएको औषधि खरीद बिक्री गर्दै जनताको स्वास्थमा प्रतिकुल असर पार्नेगरि कमिशनको खेलमा लागेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठनले माघ ७ गते मोसो दलेको थियो ।

प्रतिक्रिया दिनुहोस