क्रान्तिकारी युवा संगठनको संघर्ष : मिटरब्याजी देखि भ्रष्टाचारी तथा तस्कर बिरुद्ध !

पाेखरा : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन,नेपाल ४ नम्बर प्रदेश संगठन समितिले पाेखरामा पत्रकार सम्मेलन मार्फत ८ बुँदे संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।

बिहिवार संगठनले पत्रकार सम्मेलन गर्दै ८ बुँदे संघर्षका कार्यक्रम घाेषणा गरेको हाे।

संगठनले नीतिगत हुने भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा जनसंघर्ष गरीने बताएको छ जसमा विकास निर्माणका कार्यहरू अलपत्र पार्ने, ढिलासुस्ती गर्ने, कमसल वनाउने जस्ता कार्यका विरुद्ध जनसंघर्ष गर्ने , विभिन्न सेटिङमा भईरहेको प्राकृतिक स्रोतसाधन र सार्बजनिक सम्पत्तिको अतिक्रमण, दोहन, चोरीपैठारी, निकासी गर्नेका विरुद्ध जनसंघर्ष गर्ने, वित्तीय संस्था, मिटरव्याजी पीडितको न्यायको लागि जनपरिचालन सहित संघर्ष गर्ने, करोडौको भ्रष्टाचार गरि विभिन्न सेटिङमा लाख धरौटीमा छुट्ने गरेका भ्रष्टाचारीहरूलाई सामाजिक बहिस्कार सहितको जनकारबाही गर्ने,  लागूपदार्थको ओसारपसार र विक्रीवितरण गर्नेहरूका विरुद्ध संघर्ष गर्ने ,सरकारी सवारी साधनहरूलाई कार्यालय समय भन्दा बाहिर प्रयोग गरि दुरूपयोग गर्ने लाई कारवाही गरिने साथै जनप्रतिनिधिहरूको नीजि लगानीमा सचालन गरिएका हस्पिटल, शैक्षिक संस्थाको राष्ट्रियकरण र निर्माण कम्पनी खारेजिको लागि दवाव मुलक कार्यक्रम समेत गरिने भन्दै यस्ता कार्यक्रम सार्वजनिक गरेको हाे।

कार्यक्रममा गण्डकी प्रदेश संयोजक प्रमोदले पत्रकार सम्मेलन मार्फत यस्ता संघर्षका कार्यक्रमहरु सार्बजनिक गर्नुभएको थियो ।

उक्त संगठनले जारि गरेको वक्तव्य :

“देश यतिवेला राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक समस्याहरूको चङ्गुलमा फसेको छ । अर्थतन्त्रको भविष्यमाथि कालो बादल मडारिएको छ। देश निर्माण गर्ने मेरुदण्ड युवा जनशक्ति विदेश पलायन हुने सङ्ख्या डरलाग्दो गरी बढेको छ। भ्रष्टाचार, कमिसन, ठगी, बलात्कार, हत्या, हिंसाजस्ता अपराधहरू गुणात्मक रूपमा दैनिकजसो वृद्धि हुँदै सार्वजनिक भइरहेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम ठगी बढेको छ। महँगीको मारले निम्न आय भएका जनता बाँच्नै नसक्ने परिस्थितिमा पुगेका छन्। असमान सन्धिसम्झौताले राष्ट्रको भविष्य र राष्ट्रियता गम्भीर सङ्कटमा पुगेको हाम्रो सङ्गठनको निचोड छ । सङ्गठनले तमाम समस्या समाधानको लागि सम्माननीय प्रधानमन्त्री ज्यूलाई पेस गरेको २० बुदे मागहरूको सम्बोधन हुने नदेखिए पछि । गण्डकी प्रदेश भित्रका जनजीविका, जनतन्त्र र जनअधिकारका विषयलाई केन्द्रमा राखी यस प्रदेश मार्फत निम्नानुसारका संघर्षका कार्यक्रमहरू घोषणा गरिएको छ।

नेपाल सरकार प्रधानमन्त्री कार्यलय सामु राखिएको मागहरु

संघर्षका कार्यक्रमहरू:

१. नीतिगत हुने भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा जनसंघर्स गरीने छ ।
२. विकास निर्माणका कार्यहरू अलपत्र पार्ने, ढिलासुस्ती गर्ने, कमसल वनाउने जस्ता कार्यका विरुद्ध जनसंघर्ष गरिने छ ।
३. विभिन्न सेटिङमा भईरहेको प्राकृतिक स्रोतसाधन र सार्बजनिक सम्पत्तिको अतिक्रमण, दोहन, चोरीपैठारी, निकासी गर्नेका विरुद्ध जनसंघर्ष गरिने छ ।
४. वित्तीय सस्था, मिटरव्याजी पीडितको न्यायको लागि जनपरिचालन सहित जनसंघर्ष गरिने छ ।
५. करोडौको भ्रष्टाचार गरि विभिन्न सेटिङमा लाख धरौटीमा छुट्ने गरेका भ्रष्टाचारीहरूलाई सामाजिक बहिस्कार सहितको जनकारबाही गरिने छ ।
६. लागूपदार्थको ओसारपसार र विक्रीवितरण गर्नेहरूका विरुद्ध संघर्ष गरिने छ ।
७. सरकारी सवारी साधनहरूलाई कार्यालय समय भन्दा बाहिर प्रयोग गरि दुरूपयोग गर्ने लाई कार्वाही गरिने छ।८.जनप्रतिनिधिहरूको नीजि लगानीमा सचालन गरिएका हस्पिटल, शैक्षिक संस्थाको राष्ट्रियकरण र निर्माण कम्पनी खारेजिको लागि दवाव मुलक कार्यक्रम गरिने छ ।

 

 

क्रान्तिकारी युवा संगठनद्वारा जारी गरीएको वक्तव्य पत्र

प्रतिक्रिया दिनुहोस