पोखरा – नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ गण्डकी धौलागिरीको अध्यक्षमा पुनः अमर बहादुर गुरुङ चयन भएका छन् ।
पोखराको बेगनासताल नजिक पार्कमा भएको संघको बार्ह्वौ साधारण सभा तथा छैठो अधिवेशनबाट निर्बिरोध गुरुङ्ग पुनः अध्यक्षमा चयन भएका हुन् ।
कार्यक्रममा पुर्ब अध्यक्ष प्रदिप खड्का, खडानन्द पौडेल , शिभ पौडेल लगायतको उपस्थिति रहेको थियो । यस्तै अधिबेशनले अमर गुरुङ अध्यक्ष, बुद्दी बहादुर गुरुङ उपाध्यक्ष , सचीवमा मोहन लाल श्रेष्ठ , कोषाध्यक्षमा देब राना रहनेगरि १३ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
यस्तै अधिबेशनद्वारा चार सदस्यीय सल्लाहकार सदस्य समेत चयन गरेको छ ।