आयल निगमका भ्रष्ट दासलाई कारवाही गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्की !

क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीको आयोजनामा २७ गते नेपाल आयल निगम क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास र कर्मचारीको मिलेमतोमा भएको अवैधानिक धन्दा बन्द गर्न र दोषीलाई कारवाही गर्ने मागका साथ नेपाल आयल निगम पोखरा भण्डारढिकमा बृहत कोण सभा सम्पन्न गरेको छ ।


नेपाल आयल निगम लिमिटेडका गण्डकी प्रादेशिक प्रमुख चितरञ्जन दास र व्यापारी बाबुराम जम्मरकट्टेलसहित इन्धन चोरी भएपछि संलग्नलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा शुक्रबार नैं सिफारिस गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कार्यालय प्रमुख दास कैं संलग्नतामा पेट्रोलियम पदार्थको चोरी भएकोमा यस घटनामा अख्तियार दुरुपयोग भएको देखिएको हुँदा थप अनुसन्धान र छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पठाईएको जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले भने–‘डिजेल चोरीको विषयमा अख्तियार प्रमुखलाई सम्पूर्ण जानकारी गराईएको साथै गगनगौंडा डिपोमा कार्यालय प्रमुख कैं संलग्नतामा पेट्रोलियम पदार्थको चोरी र हिनामिना धेरै परिमाणमा भएको हुन सक्ने स्थिति देखिएपछि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि अख्तियारमा पठाउने निर्णय गरेको बताउनु भएको थियो ।

यसै बिषयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, त्यहाँ भएको व्यथितीको जानकारी गराउँदै यस्को सधैं विरोध गर्ने र प्रशासनले दोषी जोगाउन र ढाकछोप गर्न खोजेमा हाम्रो पार्टीले धावा बोल्दै पार्टी गत कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
युवा नेता लोकेन्द्रले आयल घाटामा जानुको मुख्य कारण यही र यस्तै अन्य घटना हुन भन्दै कोण सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस