पर्यटकिय सहर पोखराको फोहोर हप्तादिन सम्म पनि उठ्न सकिरहेको छैन । सडकमा फोहोरमैलाको थुप्रो बड्न थलेपछी मेयर धनराज आचार्यलाई टाउको दुखाई नै बनेको छ ।
पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि साउन १० गतेदेखि बजारको फोहर उठ्न नसक्दा र पटक पटक स्थानियले बिरोध गर्दा फोहोर फाल्ने अर्को बैकल्पिक स्थान नभएपछि महानगरले तत्कालका लागि गाडी मै आफ्नो दमकल कक्षमा राख्न बाध्य बनेको छ ।
पोखरा ३२ का स्थानिय जनता संग पुनः सम्झौता गरौंला र सोही लामेआहाल शिब घाट मै लगेर फोहोर फालौला भनेर कुरेका मेयर आचार्यले आज साउन १८ गते त्यहाँका स्थानिय जनता संग छलफल गर्न भनेर स्थानिय र महानगरको टोली नै खटिए तर केही सीप चलेन उल्ट्यो त्यहाँका जनताहरु गफाडी मेयरको संज्ञा दिदै आन्दोलनमै उत्रिए । ललिपप चाहिदैन, फोहोर फाल्न पाहिदैन भन्दै नाराबाजी नै गर्न थाले ।
यति मात्र नभएर कालो ब्यानरमा गफाडी मेयर चाहिदैन भन्दै कालो झण्डा समेत देखाउन थाले । मेयर, उपमेयर लगायत महानगरका टोली र बिभिन्न वडा अध्यक्षहरुले हजार बिन्ती गर्दा पनि स्थानियहरु मेयरको कुरा नसुन्ने र फोहोर फाल्न नदिने अड्डी नै लिएर निस्किए ।
महानगरले अस्थायी रुपमा भएपनि सेती नदी किनारमा बजारको फोहर व्यवस्थापन गर्दै आएको थियो तर स्थानिय स्तरकै ब्यवस्थापन समितीले सहि ढङ्गले काम नगरीदिदा मेयरलाई टाउको दुखाई नै बन्न पुग्यो । महानगर कै नगर प्रहरी खटिएर काम भैरहेको ठाउँमा रात दिन सम्झौता बिपरित केही ब्यत्तीहरुले त्यहाँ फोहोरमैला छुट्टाई बेचबिखन समेत गरिएको थियो जहाँ स्थानिय वडा, ब्यवस्थापन समिती, महानगर सबै मौन रहे । यही कारण पनि एक बन्न पुग्यो त्यस क्षेत्रमा दुर्गन्ध फैलनुमा ।
स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन् ।