जानकी माध्यमिक बिध्यालयमा प्रविधिक शिक्षा सुरु !

पोखरा महानगरपालिका वडा न १७ महतगौडा स्थीत  श्री जानकी माध्यमिक बिधलयमा प्राविधिक शिक्षा अन्तर्गत वन विज्ञान विषयको अध्यन सुरु भएको  छ ।

आज एक कार्यक्रमका बीच बिधालय प्राङगणमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष्य राधिका कुमारी शाही ले बिधार्थी र शिक्षकलाई कलम हस्तान्तरण गरेर पढाई को शुभ आरम्भ गर्दै स्थानिय सरकारको तर्फबाट शैक्षिक सुधारका लागि हुन सक्ने सबै खालका सहयोग गरिने बताउनुभयो । उहाले यसक्षेत्रको शेक्षिक सुधारका लागि स्थानिय बासिन्दा र जनप्रतिनिधिको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि वडा नं १७ का वडा सदस्य शिवराम भण्डारी ले यस क्षेत्र को शैक्षिक विकासका लागि प्राबिधिक शिक्षाको महत्वपुर्ण कोसेढुङ्गा हुने बताउनु भयो ।

जानकी माध्यमिक बिध्यालय व्यवस्थापन सदस्य बिष्णुमाया भुजेल को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बिधालयका प्रधानध्यापक अर्जुन कडेल ले स्वागत मनतव्य राख्नु भएको थियो भने  प्रविधिक शिक्षा अन्तगर्त वन विज्ञानका कोडिनेटर  शंकर राज भण्डारी  पुर्व  शिक्षक  अभिभावक सङघका अध्यक्ष प्रेम थापा समाजसेवी बिक्रम भण्डारी ले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन स्कुलका शिक्षक तुलसी गिरी ले गर्नु भएको थियो । कार्यक्रममा बिधालय व्यवस्थापनका पुर्व अध्यक्ष टिकाराम भण्डारी पूर्व प्रधानध्यापक गोपाल राज पौडेल बिधालयका शिक्षक शिक्षिका र बिधार्थीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस