हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी आयोजक कमिटी गठन गरेको छ।
क्याम्पस डायरेक्टरको भुमिकामा रहेर सुरज राज केशरीले टिमको नेतृत्व गर्नेछन्।उनको साथमा डिप्यूटि क्याम्पस डायरेक्टरको रुपमा रिवाज भूर्तेल र म्यानेजरको रुपमा किशोर पनेरु रहका छन्।
यसै गरी एडमिन सुपरभाइजर,आउटरिच सुपरभाइजर,कम्नुकेसन सुपरभाइजर,फाइनेन्स सुपरभाइजर,टेक्निकल सुपरभाइजर ,ग्राफिक्स सुपरभाइजर ,कन्टेन्ट सुपरभाइजर र मिडिया मार्केटिङ्ग कोडिनेटरमा क्रमशः विपना मरासिनी,ज्ञानेन्द्र त्रिपाठी,अभिष्का काफ्ले,अनुजा पौडेल,शास्वत कोइराला,सौगात आचार्य,उनिषा सापकोटा र विज्ञान कार्कीले आफ्नो जिम्मेवारी पुरा गर्नेछन्।थप कमिटिमा कलेज रिप्रिजेन्टेटिभ(शास),कलेज रिप्रिजेन्टेटिभ( एसओइ),कलेज रिप्रिजेन्टेटिभ(एसडीएसइ) टेक्निकल एसोसियट,एडमिन एसोसियट,कम्नुकेसन एसोसियट,फाइनेन्स एसोसियट,ग्राफिक्स एसोसियट,आउटरिच एसोसियट र कन्टेन्ट एसोसियटमा क्रमश: उदय सिङ्ग,शङ्कर शाह,सन्देश भूर्तेल,सन्दिल कार्की,अशीम घिमिरे,विकास जङ्ग कुवँर,अविरल पौडेल,विशाल मेहता,ईशा मैनाली र सचिन घिमिरेले रहेका छन्।
विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।
२०२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ रहेको छ।
गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरिले नेतृत्व गर्दैछन् ।