नेपालकाे क्रान्तिकारी विद्यार्थी आन्दोलनकाे मुल प्रवाह भन्दै आईरहेको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) निकट अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेशले आज बिहिबार पोखरामा रहेको ISMT कलेजमा ताला लगाएको छ ।
नेपालमा बेलायती डिग्रीको शिक्षा प्रदान गर्ने भन्दै खुलेको उत्त ISMT कलेज नियम विपरीत संचालनमा रहेकाे भन्दै अनेरास्ववियु ( क्रान्तिकारी ) ले ताला लगाएको हो ।
देशका विभिन्न प्रदेशमा नियम विपरीत शाखा कलेज संचालन गरेकाे, विद्यार्थीलाई दिइने १०% छात्रवृत्ति अनिवार्य उपलब्ध नगराएकाे, एक शैक्षिक वर्षमा पटक-पटक भर्ना लिने कार्य गरेकाे, बिना कुनै मापदण्ड शुल्क उठाउने गरेकाे कारण उक्त कलेजमा ताला लगाइएकाे अनेरास्ववियु ( क्रान्तिकारी ) का गण्डक संयोजक हरी बिष्टले जानकारी दिनुभयो ।
यस्तै उहाँले आफ्नो माग पूरा नभएमा संगठन थप सघर्षमा जाने समेत बताउनु भयो ।