गण्डकी जुडो संघद्धारा छनौटमा पर्न सफल खेलाडीहरुलाई प्रोटिन र प्रशनल हाइजिङका सामाग्रीहरु वितरण

गण्डकी जुडो संघले यस प्रदेशबाट छनौटमा पर्न सफल आफ्ना खेलाडीहरुलाई अति आवश्यक पर्ने प्रोटिनको साथै र्पशनल हाइजिङका सामाग्रीहरु वितरण गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको कार्यालयमा विहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु वितरण गरेको हो ।

विशेषगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गर्दा संघले क्लोज क्याम्पमा रहेका १८ जना आफ्ना खेलाडीहरुलाई तालिमको दौरान आवश्यक पर्ने प्रोटिनको साथै पर्सनल हाइजिङका सामाग्रीहरु वितरण गरेको हो ।

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङ्गको प्रमुख आतित्यथामा भएको सो कार्यक्रममा उहाँले आफ्नो विगतलाई स्मरण गर्दै ४० वर्ष अगाडी आफु पनि खेलाडीको रुपमा रहेको र कडा मेहेनेत, लगनशिल, अनुशासित, कर्मठ र संघर्षले गर्दा नै आज प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको सदस्य सचिव जस्तो संवेदनशिल, महत्वपूर्ण र जिम्मेवार पदमा रहेर कार्य सम्पादन गर्न सफल भएको बताउनुभएको छ ।

उहाँले २०४० सालमा पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा आफु हण्डबलको टिम क्याप्टेनको रुपमा रहेर त्यस समय यस ठाउँलाई स्वर्ण पदक जिताउन सफल भएको पनि बताउनुभएको छ ।
प्रमुख अतिथि गुरुङ्गले खेलकुद जिवनको एउट अभिन्न अंग भएको बताउँदै विगतमा आफुले खेलकुदको क्षेत्रमा गरेको संघर्ष र परिश्रमको कारण नै आज विभिन्न खेलका खेलाडीहरुसंग बसेर खेलकुदको महत्वकोबारेमा जानकारी दिन पाउँदा अत्यन्त गर्व महशुस भएको जनाउनुभएको छ ।

उहाँका अुनसार जुडो खेल आफैमा एउटा नेपालमा सम्भावना भएको खेल रहेको र यस खेललाई यस क्षेत्रमा जोडदारका साथ अगाडी बढाउन प्राविधिक रुपमा प्रशिक्षक रबि चौधरीले महत्वपूर्ण भूमिका निवार्ह गर्दै आउनुभएकोमा खुशी व्यक्त गर्नुभएको छ ।
गण्डकी जुडो संघले रुद्र नारायण मल्ल जस्तो व्यक्ति अध्यक्षको रुपमा पाउनुभनेको जुडो खेलाडीहरुको लागि अति राम्रो भएको बताउँदै उहाँको अध्यक्षतामा गठन भएका सम्पूर्ण पदाधिकारीहरु पनि यस खेल विकासका लागि संवेदनशिल भएर लागि परेको बेला–बेलामा देख्न र सुन्न पाउँदा धेरै खुशी लागेको जानकारी दिनुभएको छ ।

पछिल्लो समय विभिन्न खेलका संघ–संस्थाहरुमा सिनियर व्यक्तिहरुको उपस्थिति भएको जनाउँदै उहाँहरुको उपस्थिति प्रदेश खेलकुद परिषदकोे लागि एउटा गर्वको विषय भएको बताउनुभएको छ ।

उहाँले कुनैपनि खेलको लागि संघ बलियो हुन जरुरी भएको स्पष्ट पार्दै यदि संघ बलियो भयो भने खेलका गतिविधिहरु चलायमान हुने भएकाले यसले खे

ल र खेलाडी दुवैको विकास हुने जानकारी दिनुभएको छ ।
सो कार्यक्रममा बौल्दै प्रमुख अतिथि गुरुङ्गले गण्डकी जुडो संघले खेलाडीहरुको लागि गरेका कामहरु एक्दमै प्रशंसनीय भएको र यस खेल विकासका लागि उहाँले आफु प्रदेश खेलकुद परिषदको सदस्य सचिवको नाताको साथै आफ्नो व्यत्तिगततर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले आश्विन २८ देखि यस प्रदेशमा आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदको प्रतियोगितामा यस प्रदेशबाट छनौटमा पर्न सफल भएका खेलाडीहरुलाई सफलताका लागि शुभकामना पनि दिनुभएको छ ।

यस्तै कार्यक्रममा गण्डकी जुडो संघका अध्यक्ष रुद्र नारायण मल्लले केही समय अगाडी प्रदेश खेलकुद परिषदले आफ्ना खेलाडीहरुका लागि उपलब्ध गराएको डाइट अलि अप्रयाप्त भएको महशुस भएकाले संघका महासचिव निरज पन्तको समन्वयमा स्वास्थ्यको हिसाबले खेलाडीहरुलाई अति आवश्यक पर्ने प्रोटिनको साथै पर्सनल हाइजिङका सामाग्रीहरु वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ ।

उहाँले संघका महासचिव पन्तले जुडो खेलाडीहरुका लागि भनेर करिब ३० हजार मूल्य बराबरको सामाग्रीहरु उपलब्ध गराउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

सो कार्यक्रममा अध्यक्ष मल्लले संघमा वरिष्ठ उपाध्यक्षमा प्रथम छन्त्याल, उपाध्यक्षमा दिल जैसी, कोषाध्यक्षमा उमेश चन्द्र देवकोटा, महासचिवमा निरज पन्त लगायतका व्यक्तिहरुसंग संगै बसेर सहकार्य गर्न पाउँदा खुशी समेत व्यक्त गर्नुभएको छ ।
उहाँले जुडो संघ स्थापनाको दिनदेखि आजसम्म आईपुग्दा खेल र खेलाडीहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न संघका सम्पूर्ण पदाधिकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पनि बताउनुभएको छ ।

अध्यक्ष मल्लले खेलकुद परिषद र खेलसंग सम्बन्धीत विभिन्न निकायहरुबाट यस खेल विकासका लागि केही मात्रामा सहयोग प्राप्त भएको तर आगामी दिनहरुमा अझ पूर्ण रुपमा साथ र सहयोग रहने आफुले अपेक्षा गरेको बताउँदै यदि सम्बन्धीत ठाउँहरुबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको खण्डमा आफुले पनि संघको अध्यक्षको नाताले अहिलेको भन्दो दश गुणा खेलकुदका गतिविधि तथा विभिन्न कार्यहरु सम्पादन गर्ने पनि जानकारी दिनुभएको छ । तर उहाँले प्रदेश खेलकुद परिषद्ले पनि यस क्षेत्रमा जुडो खेल विकासका लागि निस्वार्थ भएर सहयोग र सहकार्य गर्नुपर्ने जनाउनुभएको छ ।

उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितका लागि क्लोज क्याम्पमा बसेर तयारी गरिरहेका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सामाग्री वितरण गरेको बताउनुभएको छ ।

त्यस्तै कार्यक्रमा उहाँले प्रमुख अतिथि गुरुङ्गलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यस प्रदेशबाट यस खेलमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई सुनको मेडले दिने घोषणा गर्नुभएको जानकारी समेत गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस