मयूर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा आठौं संविधान दिवसकाे अवसर पारेर आज सोमवार पोखरा महानगर वडा नं ५ स्थित मनकामना मन्दिर परिसर काे सभा हल मा सम्पन्न भएको छ ।
संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम विभिन्न प्रस्तावहरुमा संस्था काे अध्यक्ष,सचिव कोषाध्यक्ष तथा लेखा समिति काे प्रतिवेदन माथि छलफल तथा अनुमोदन सहित बचत नीति, ऋण नीति , आर्थीक प्रशासन नीति एवं नियमावली ,मानव संशोधन नीति,सुशासन नीति ,पारित गर्नका लागी निर्णय सहित साधारण सभाको आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका सहकारी विभागका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध हुन नहुने बताउँदै शेयर सदस्यहरुले संस्थामा नियमित रकम बचत गर्नुपर्ने बताउनभुयो । महानगर सहकारीलाई ठूलो बनाउँदै लैजाने योजनामा रहेको जनाउँदै वैद्यताका साथ मात्र सहकारी सञ्चालन गर्नुपर्नेमा अधिकारीको जोड थियो । सहकारी देश बनाउनको लागि भएकोले सबैलाई सहकारीमा जोडिन अधिकारीले आग्रह गर्नुभयो ।
पोखरा महानगर सहकारी विभागका दर्ता अधिकारी भरत राज पौडेलले सहकारीमा केही रकम भएपनि बचत गर्न सकियो भने भविष्यको लागि राम्रो हुने बताउँदै संस्थाले गर्ने कार्यहरु पूरा गर्न सुझाउनुभयो ।
मयूर सहकारीका अध्यक्ष मिनराज खड्काले सहकारी लगानी गर्न चाहनेहरुको लागि भएको बताउँदै सहकारीले आत्मनिर्भर बन्न सिकाई उद्यमशीलताको विकास गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रबंधक नरेश पाण्डेले सहकारीहरुले आपसी सहकार्यको गर्न सके हल काे आर्थिक समस्या सहज रुपमा समाधान गर्न सहज हुने बताउनु भयो भने उक्त कार्यक्रममा ग्रीन डेभलपमेन्ट बैँक बाग्लुङ शाखाका डेपुटी म्यानेजर हरि अधिकारी, जनरल इन्सुरेन्सका बजार विभाग प्रमुख सञ्जय पौडेल, पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्नीधर त्रिपाठी , नमुना आदर्श आमा समुह मालेपाटनका अध्यक्ष जानुका थापा लगायतले आफ्नो भनाई सहित विचार राख्नु भएकाे थियो ।
सोही अवसरमा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रम सहकारीका सात सिद्धान्त संस्थाका सञ्चालक समितिका सदस्य सुनिल पराजुलीले वाचन गर्नुभएको थियो । मयूर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मिनराज खड्कको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वती पौडेलले र सञ्चालन सचिव प्रेमप्रसाद आचार्य र शिक्षा समिति सदस्य रमेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।