अनेरास्ववियु ( क्रान्तिकारी ) कास्कीको अध्यक्षमा कमला परीयार

सम्मेलनद्वारा ३५ सदस्यीय अनेरास्ववियु ( क्रान्तिकारी ) कास्की जिल्ला समिति चयन ।

नेपाल कम्युनिस्ट पार्टी( बहुमत ) निकट अनेरास्ववियु( क्रान्तिकारी ) को २४ औं जिल्ला सम्मेलन  सम्पन्न भएको छ ।

२४ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा कमला परीयर निर्वाचित भएकी छिन् । शुक्रबार पोखरामा बृहत र्याली सहित शुरु भएको उद्घाटन शनिबार बन्द सत्र भएको थियो। दुई दिन भएको सम्मेलनबाट अध्यक्षमा कमला परीयार, उपाध्यक्ष शिसम परीयार,  लगायत ३५ सदस्यीय कास्की जिल्ला कमिटी निर्वाचित भएको छ ।

कार्यक्रममा केन्द्रीय उपाअध्यक्ष  बिरेन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने नेकपा ( बहुमत ) नवौं महाधिवेशन समिति सद्स्य तथा कास्की जिल्ला इन्चार्ज गोकुल पराजुली, अनेरास्ववियु ( क्रान्तिकारी ) का गण्डक ब्युरो इन्चार्ज हरी बिष्ट, तनहुँ / लमजुङ जिल्ला इन्चार्ज सुजन बिश्वकर्मा, कास्की जिल्ला संयोजक बद्री अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

अनेरास्ववियु ( क्रान्तिकारी ) पोखरा महानगरपालिका अध्यक्ष केश घलेले  संचालन गरेको सम्मेलनको उद्द्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा अनेरास्ववियु ( क्रान्तिकारी )का उपाध्यक्ष बिरेन्द्र शाहले सम्मेलनले क्रान्तिकारीहरु गलतका बिरुद्द बोल्नु र संघर्ष गर्नु भएका कारण कास्की जिल्लामा रहेका प्रत्यक बिध्यालयको समस्या र बिध्यार्थिहरुको हक हितका लागी निरन्तर संघर्ष गर्ने समितिको चयन होस् भनि शुभकामना तथा बिध्यार्थि आन्दोलन सम्बन्धी र आफ्नो संगठनको बारेमा प्रशिक्षण दिनुभएको थियो । यस्तै सम्मेलन कार्यक्रममा कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले अनेरास्ववियु ( क्रान्तिकारी ) हुनु भनेको देश परिवर्तन गर्ने अभियानमा सम्लग्न हुनुका साथै देश र जनताको उत्पिडनका विरुद्ध बोल्नु र संघर्ष गर्नु पनि रहेको बताउनुभयो । यस्तै उहाँले अनेरास्ववियु ( क्रान्तिकारी ) लाई सडकको बाघको सङ्ज्ञा दिदै कास्की जिल्लाका शैक्षिक माफियाका बिरुद्द कडा संघर्ष गर्नुपर्ने जिम्मेवारी नयाँ बन्ने समितिले लिने बिश्वास ब्यत्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस