पोखरा ३३ का भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण !

पोखरा महानगरपालिका वडा नं.३३ का भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई पोखरा महानगरपालिका ले आज पोखरा ३३ को  वडा कार्यलयबाट  निस्सा वितरण गरिएको छ ।

बुधवार पोखरा महानगरपालिका ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यता र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेल लगायतले संयुक्त रूपमा वडा नं.३३ का १६९ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरू लाई जग्गाधनी पुर्जाको निस्सा वितरण गर्नुभएको हो ।

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरू लाई जग्गाधनी पुर्जाको निस्सा वितरण भएपछि लामो समयपछि जग्गाको निस्सा पाएकोमा जनताहरुले राहत पाईएको भन्दै खुसि ब्यत्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस