युवा जनस्वयमसेवक नेपाल कास्कीको पोखरा महानगरको प्रथम भेलाले विनोदको नेतृत्वमा २१ समिति चयन सहित सम्पन्न गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) को साहायक युवा जनस्वयंसेवक नेपाल कास्कीको पोखरामा आयोजित महानगर स्तरीय भेलाले पोखरा महानगर कमिटी अन्तर्गत २१ सद्स्यिय कमिटी रहने गरी सम्पन्न गरेको हो ।
युवा जनस्वयमसेवक नेपाल कास्की पोखरा महानगरको प्रथम भेलाबाट अध्यक्षमा बिनोद, उपाध्यक्षमा निसान, सचिबमा दिपक र कोसाध्यक्ष रहनेगरी २१ सदस्य निर्वाचित भएका छन् ।
नेकपा ( बहुमत ) का महाधिवेशन आयोजक समिति सद्स्य एवं कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा महाधिवेशन आयोजक समिति सदस्य तथा कास्की जिल्ला संयोजक बद्री अधिकारी, पोखरा महानगर समिति इन्चार्ज रबिन्द्र राई, युवा जनस्वयंसेवक नेपालका केन्द्रीय सदस्य प्रमोद सिंह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम युवा जनस्वयंसेवक नेपाल कास्की जिल्ला सदस्य सुलभ तिमिल्सिनाले सञ्चालन गरेका थिए ।