नेपाल कम्युनिस्ट पार्टी (बहुमत) माछापुच्छ्रे गाउँपालिका कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले भिमसेन परीयारको नेतृत्वमा १३ सदस्यीय गाउँपालिका कमिटी निर्माण गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा र्याली सहित शुरु भएको भेला भिमसेन परीयारको अध्यक्षतामा प्रमुख अतिथि नेकपा ( बहुमत ) गण्डक ब्युरो इन्चार्ज रुपेशको उपस्थितिमा भएको थियो । यस्तै भेलामा कास्की जिल्ला इन्चार्ज गोकुल पराजुली र जिल्ला संयोजक बद्री अधिकारीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा ( बहुमत ) महाधिवेशन समिति सदस्य एवं गण्डक इन्चार्ज रुपेशले पार्टीको कार्यदिशा, कार्यनिति प्रष्ट पार्दै उहाँले दलाल संसदीय ब्यवस्थाको अन्त्य गर्दै बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउनु पर्नेमा जोड दिनुभएको थियो भने कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले आफ्नो मन्तव्य राख्दै लोकतन्त्र भनेको भोट हाल्नु मात्र नभएको बताउनुभयो । अहिले राज्यले जनताको अधिकार मतदान मात्र रहेको सुचित गरेको छ त्यो सरासर गलत रहेको उहाँले उल्लेख गर्नुभयो ।
यस्तै माछापुच्छ्रे गाउँपालिका कमिटी भेलाले सुर्य परीयारको नेतृत्वमा १७ सदस्यीय युवा जनस्वयंसेवक नेपाल माछापुच्छ्रे गाउँपालिका कमिटी चयन गरेको छ । उत्त भेलामै अखिल नेपाल महिला संगठन माछापुच्छ्रे गाउँपालिका समिति समेत चयन गरेको छ । अखिल नेपाल महिला संगठन माछापुच्छ्रे गाउँपालिका देवी बिक अध्यक्ष रहने गरी सात सदस्यीय समिति निर्माण गरेको छ भने राष्ट्रिय दलित मुत्ति मोर्चा अन्तर्गत टेक बहादुर बिकको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति समेत निर्माण गरेको छ ।
उत्त कार्यक्रममा साङ्गितिक प्रस्तुति समेत रहेको थियो । युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा अभियान सदस्य निसानद्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य सुर्य परियारले राखेका थिए भने अखिल नेपाल महिला संगठन कास्कीका अध्यक्ष लक्ष्मि खड्का, राष्ट्रिय दलित मुत्ति मोर्चाका कास्की जिल्ला संयोजक बिजय बिक साथै युवा जनस्वयंसेवक कास्कीका संयोजक लोकेन्द्र राईले शुभकामना मन्तब्य राखेका थिए ।
यस्तै भेलाबाट चयन भएका सम्पुर्ण नवनिर्वाचित सदस्यहरुलाई नेकपा ( बहुमत ) कास्की जिल्ला सद्स्य एवं पोखरामहानगर इन्चार्ज रबिन्द्र राईले बधाई मन्तव्य दिदै गाउँपालिकालाई लाल किल्ला बनाउन जोड दिन आग्रह गरेका थिए ।