नेपाल बिधुत प्राधिकरणको ३७ औं बार्षिक उत्सवको अवसरमा पोखरामा रत्तदान कार्यक्रम सम्पन्न !

नेपाल बिधुत प्राधिकरणको ३७ औं बार्षिकउत्सवको उपलक्ष्यमा नेपाल बिधुत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश समितीद्वारा आज पोखरामा रत्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा बितरण केन्द्र मालेपाटनमा आयोजित रत्तदान कार्यक्रममा युनियनले ५४ युनिट रकम संकलन गरेको थियो ।

नेपाल बिधुत प्राधिकरण प्रादेशिक प्रमुख केराद राज सिलुवालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रम युनियनका गण्डकी प्रदेश अध्यक्ष नारायण पन्थिले संचालन गर्नुभएको थियो ।

नेपाल बिधुत प्राधिकरणले आफ्नो बार्षिक उत्सवका अवसरमा बर्षेनि बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको थियो भने यसपटक ३७ औं बार्षिक उत्सवका अवसरमा गण्डकी प्रदेश युनियनले यसअघि हाजिरी जवाफ, ब्याडमिन्टन, रत्तदान  लगायतका रचनात्मक कार्यक्रमहरु गरीँदै आएको पोखरा बितरण केन्द्रका प्रमुख ऋषि कुमार बरणवालले पोखरापाटीलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस