अबैध क्रसर र मिटरब्याज रोक्न  जिल्ला प्रशासन कास्कीलाई युवा जनस्वयंसेवक कास्की को ज्ञापन पत्र !

कास्की जिल्लामा मापदण्ड बिपरीत सञ्चालनमा आएका क्रसर उधोग तथा कानुन बिपरित चलिरहेका मिटरब्याजिहरुलाई कारवाही गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) निकट युवा जनस्वयंसेवक कास्की जिल्लाले जिल्ला प्रशासन कार्यलय कास्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्राकृति स्रोत साधन माथिको दोहन, नदीजन्य पदार्थको चोरी पैठारी र मापदण्ड बिपरीत अबैध रुपमा सञ्चालन भएका जिल्लाभरका क्रसरहरुलाई यथाशिघ्र कारवाही गर्न साथै सम्झौता गर्दा एक गर्ने र पैसा असुल्दा जाली कागज तमसुक देखाएर राज्यकै संरक्षणमा मिटरब्याजका धन्दा चलाएर बस्नेहरुको हर्कत बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यलय कास्कीका जिल्ला प्रमुख अधिकारी समक्ष पुगि ज्ञापन पत्र बुझाएको हो ।

युवा जनस्वयंसेवक कास्कीका इन्चार्ज प्रमोद सिंह र कास्की जिल्ला संयोजक लोकेन्द्र राईद्वारा गरीएको संयुक्त हस्ताक्षरीत ज्ञापन पत्रमा जनताको माग उपर नजरअन्दाज गर्ने मिटरब्याजको धन्दालाई अकुत सम्पत्ति कमाउने धन्दा बनाएर कुम्ल्याउने मनसायमा राज्यसत्ताका केही ब्यत्तिहरु र तिनका मिलेमतोमा चलेका सुदखोरहरु रहने हो भने संगठन संघर्षमा जान बाध्य रहने समेत उल्लेख गरीएको छ ।

यस्तै सन्दर्भमा कास्की जिल्लामा चलिरहेका अबैध क्रसर उधोगहरु राज्यले हटाउन र कारवाही गर्न आनाकानि गरीरहेको भन्दै युवा जनस्वयंसेवक कास्कीका इन्चार्ज प्रमोद सिंहले “हामीले सकेसम्म राज्यले यसको कामकारबाही गरोस् भन्ने हो , अबैध धन्दाको मुखदर्शक बन्दै राज्य बारम्बार उदृत गर्दा पनि मौन रहन्छ भने संगठन चुप लागेर बस्दैन ।” उनले पोखरापाटीलाई भने ।

ज्ञापन पत्र :-

प्रतिक्रिया दिनुहोस