शहिद इन्दिरा तिवारी स्मृतिमा खुल्ला रत्तदान कार्यक्रम सम्पन्न, २८ युनिट रगत संकलन !

अबिरल बर्षातकै बिचमा रत्तदान जिवनदान, जिवनदान महादान भन्ने मुल नारा सहित १० बर्षे महान जनयुद्दका सहीद ईन्दिरा तिवारीको स्मृतिमा आज पोखरामा खुल्ला रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) निकट मानिने युवा जनस्वयंसेवक नेपाल कास्की र  अनेरास्ववीयु ( क्रान्तिकारी ) कास्कीको संयुक्त आयोजनामा रत्तदान कार्यक्रम आयोजना गरीएको हो ।

पोखराको पृथ्वीचोकमा भएको रत्तदान कार्यक्रममा झरीका बाबजुत पनि २८ युनिट रगत संकलन भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) कास्की तथा स्याङ्जा जिल्ला इन्चार्ज गोकुल पराजुली लगायले रत्तदान गरेका थिए ।

सहिद इन्दिरा तिवारीको स्मृतिमा आयोजना गरीएको उत्त रत्तदान कार्यक्रममा रेडक्रस कास्की तथा रत्त सञ्चार सेवाका वरिष्ठ प्राबिधिक महेन्द्र केसी, नेपाल स्वयंसेवी रत्तदाता समाज कास्कीका अध्यक्ष बिरेन्द्र पराजुली, नेकपा ( क्रान्तिकारी ) माओवादीका गण्डक सेक्रेटरी केश बहादुर परीयार लगायतको उपस्थिति रहेको थियो ।

यस्तै युवा जनस्वयंसेवक नेपाल कास्कीका संयोजक लोकेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रम, अनेरास्ववियु ( क्रान्तिकारी ) कास्की जिल्ला संयोजक गगन परीयारले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस