पोखरा ३३ का सुकुम्बासी बस्ति हटाईएको प्रति नेकपा( बहुमत )कास्कीको आपत्ती !

पोखरा महानगरपालिका  ३३ दुईपिप्लेमा सुकुम्बासी बस्तिका रुपमा बस्दै आएका करीब २३ घरधुरी र ३३ कै चुहुने पहरा स्थित पशुपति घाट क्षेत्रमा रहेका सुकुम्बासी बस्तिका करीब २६ टहराहरु भत्काईएको प्रति नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) कास्कीले भर्त्सना जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की जिल्ला पोखरा महानगरपालिका संगठनले आज एक बिज्ञप्ति जारी गर्दै भर्सना जनाउँदै उनिहरुको उचित ब्यवस्थापन गर्न माग गरेको हो ।

बर्षातको समयमा बस्ति माथि निर्मम बनि मानब संबेदनाको समेत ख्याल नगरी भत्काईएको भन्दै पोखरा महानगर र वडा नम्बर ३३ लाई उदृत  गर्दै उनिहरुको उचित ब्यवस्थापन गरीदिन उत्त संगठनले माग गरेको छ ।

बिगत केही समय अघिदेखि उत्त ठाउँमा सुकुम्बासीका रुपमा बस्ति बसेको थियो । अबैध रुपमा सञ्चालित क्रसर उधोगको ठाउँमा बसोबास गरीरहेका उनिहरु त्यहाँ क्रसर संचालन गरेपछि बिस्थापित हुँदै दुईपिप्लेमा टहरा बनाएर बसोबास गरीरहेको उनिहरु बताउँछन ।

पोखरा ३३ चुहुने पहरा स्थित पशुपति घाट छेत्रमा रहेको करीब २०० रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गामा अस्थायी रुपमा बसोबास गर्दै आईरहेका सुकुम्बासी बस्तिमा केही नयाँ निर्मित टहराहरु हटाईएको थियो ।

यता वडा अध्यक्ष रामचन्द्र अधिकारीले अबैधानिक तवरले बसोबास गरेका टहराहरु हटाईएको र लामो समय बसीरहेका बस्तिलाई संरक्षण गरीएको बताए भने बास्तबिक सुकुम्बासी पहिचान गरी बाकीलाई पनि ब्यवस्थित गर्न सकिने बताए ।

साउन २ गते सोमबार पोखरामहानगरपालिका, वडा नम्बर ३३, नेपाल प्रहरी,शसस्त्र प्रहरीलगायतको टोली सहित बस्तिका टहराहरु हटाईएको हो ।

प्रतिक्रिया दिनुहोस