राेटरी क्लव अफ पाेखरा अन्नपूर्णकाे १७ औं पदस्थापन कार्यक्रबाट अध्यक्षमा देवेन्द्र वास्तोला चयन

पाेखरा । राेटरी क्लव अफ पाेखरा अन्नपूर्णकाे १७ आैं पदस्थापन कार्यक्रम शनिवार सम्पन्न भएकाे छ ।

क्लवकाे अध्यक्षमा देवेन्द्र वास्तोला चयन भए । रोटरीको विधान अनुसार एक वर्ष अघि नै अध्यक्ष प्रस्ताव गर्ने प्रचलन हुन्छ । सोही अनुसार वास्तोला एक वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

कार्यक्रमा वर्ष २०२२/२३ का लागि चयन भएका अध्यक्ष राेटरीयन देवेन्द्र बास्ताेलाले संस्थापक अध्यक्ष राेटरीयन देवराज चालिसेबाट माला, चार्टड,सर्टिफिकेट ग्रहण गर्नुका साथै वर्ष २०२१/२२ का अध्यक्ष राेटरियन रामप्रसाद बास्ताकाेटिबाट अध्यक्षकाे पिन, ग्याभल तथा दस्तावेज ग्रहण गरे । साथै अध्यक्ष बास्ताेलाले राेटरीयन असिस्टेण्ट गभर्नर प्रेमप्रसाद शर्माबाट पद तथा गाेपनियताकाे सपथ ग्रहण गरे ।

यसैविच उनले वर्ष २०२२/२३ पदाधिकारीहरु निवर्तमान अध्यक्ष राेटरीयन रामप्रसाद बस्ताकाेटी, प्रेसिडेन्ट इलेक्ट ताेयाबहादुर भट्टराई, उपाध्यओ भानुभक्त भण्डारी, सचिव निकेशप्रसाद कर्माचार्य, काेषाध्यक्ष माधव बराल, सहसचिव चित्रबहादुर गुरुङ, सार्जन्ट एट अार्म नविनराज बराल, ट्रेनर प्रदिपभक्त आचार्य, सम्पादक सईन्द्रराज श्रेष्ठ, निर्देशक इन्दिरा तिमिल्सिना बराल, कृष्णहरी पाैडेल , नन्दम श्रेष्ठ, रिना पाैडेल र शिव बास्ताेलालाई राेटरी पिन प्रदान गर्नुका साथै पद तथा गाेपनियताकाे सपथ गराए ।

कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत पाेखराका मुख्य न्यायधिश डिल्लीराज आचार्यले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिदै देश पद र पदवी ओगटनेले विगारेको बताउँदै नयाँ नेतृत्वलाई सकृय भएर आफ्नो कार्यकाल सफल बनाउन सुझाव दिए ।

क्लवका संस्थापक अध्यक्ष देवराज चालिसेले कतिपयले रोटरीलाई खर्च गर्ने अनि नेपालीको पैसा विदेश पठाउने संस्थाको रुपमा लिने गरेको बताउदै हामीले योगदान गरेको रकम भन्दा कयौंगुन वढी रकम विभिन्न परियोजनाका रुपमा नेपालमै भित्रने भएकाले यस्लाई अन्यथा लिन नहुने बताए ।

क्लवका नवनिर्वाचित अध्यक्ष रोटरीयन देवेन्द्र वास्तोलाले आफ्नो कार्यकाललाई सबै रोटरीयनको साथ र सहयोगमा क्लवले गर्ने कार्यहरुलाई नयाँ उचाईमा पुर्याउने बताए । उनले सक्षम समाजका लागि शिक्षन भन्ने उद्घाेषका साथ राेटरी क्लव १ सय १७ वर्ष पुगेकाे अवसरमा १ सय १७ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस