सार्वजनिक जग्गा जोगाउन पोखरा ३३ को पहल, बस्ति हटाउन तिन दिने अल्टिमेटम !

पोखरा ३३ चुहुने पहरा स्थित पशुपति घाट छेत्रमा रहेको करीब २०० रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गा अतिक्रमण गर्ने उद्देश्य सहित बसेको सुकुम्बासी बस्ति हटाउन वडाले पहल गरेको छ ।

उत्त जग्गामा करीब २० घर धुरी १० बर्ष देखि बसोवास गर्दै आईरहेका तर केही घर किनबेच गर्दै नयाँ तरिकाले बनाएपछि वडा अध्यक्ष रामचन्द्र अधिकारीको पहलमा सार्वजनिक जग्गा मिचेर नयाँ बनाईएका करीब ७ घरलाई त्यहाबाट हट्न तिन दिने अल्टिमेटम दिईएको छ ।

सार्वजनिक जग्गा सुकुम्बासीको नाममा किनबेच गरीरहेको थाहा पाएपछि वडा र नगरपालिकाको सहकार्यमा बस्तिमा पुगि सिमा क्षेत्रमा चिन्ह लगाउदै नगर प्रहरी र वडाका जनप्रतिनिधि सहितको उपस्थितिमा थप बस्ति हटाउन निर्देशन दिईएको हो ।

सार्वजनिक जग्गाको रक्षाका निमित्त आफुहरु लागिरहने बताउँदै अध्यक्ष अधिकारीले लामो समय बसोवास गरेका घरपरीवारलाई उचित ब्यवस्थापन गर्ने बताउनुभयो भने बाकी किनवेच गर्नेलाई कारबाहीको दायरामा ल्याईने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस