पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा मापदण्ड बिपरित सञ्चालन गरीएको क्रसर उधोग रोकिएको लामो समयपछि पुनः सञ्चालन गरिएपछि पोखरा महानगरपालिका ३३ ले रोक्न निर्देशन दिएको छ ।
शिवशक्ति रोडा ढुङ्गा उद्योगको नाममा मापदण्ड विपरीत क्रसर सञ्चालन गरिएको उत्त क्रसर भरत रायमाझीको नाममा २०६७ साल माघ ६ गते अनुमती लिएर सञ्चालनमा आएको क्रसर केही बर्ष बन्द भएको थियो । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका बेला चलखेल गरेर क्रसर सञ्चालन गरिएको एक स्थानीयले बताए ।
सञ्चालन किन र कसरी भयो भन्ने बारेमा पोखरा ३३ का वडा अध्यक्ष सहित नगर प्रहरीद्वारा स्थलगत निरीक्षण पश्चात प्राप्त डकुमेन्ट नपुगेका कारण क्रसर संचालन गर्न रोकी आबश्यक छानबिन गरीने वडाअध्यक्ष रामचन्द्र अधिकारीले पोखरापाटीलाई बताउनु भयो ।
क्रसर सञ्चालन गरिएको भनी गुनासो आएपछि आफैं स्थलगत निरीक्षणमा आएको पोखरा–३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी बताए । अधिकारीले भने, ‘म आएपछि मैले अनुमती दिएको छैन ।’ हाललाई प्राप्त डकुमेन्ट हेर्दा मापदण्ड पुगेको छैन, भोली महानगर संग बसेर थप सल्लाह गर्नेछौँ , अहिलेलाई क्रसर संचालन नगर्न भनेका छौँ ” उनले भने ।
सामान्यता क्रसर सञ्चालन गर्दा नदीबाट ५ सय मिटर, विभिन्न संस्था तथा विद्यालयबाट १ किलो मिटर, वनबाट १ किलोमिटर दुरीमा हुनुपर्ने लगायतका मापदण्ड रहेका छन् । तर शिवशक्ति रोडा ढुङ्गा उद्योगले कुनै पनि मापदण्ड पालना गरेको पाइदैन । त्यतिमात्र होइन नदीको हकमा भने ५० मिटरकैै दुरीमा क्रसर संचालन गरिएको छ ।