असार १८, पोखरा । थोक ब्यवसायी संघ कास्की,पोखराको आयोजनामा कर प्रशिक्षण तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएकोे छ ।
कर्ममा विश्वास गरेर अगाडि बढ्नुपर्ने, आफ्ना पौरखी हातहरुलाई निरन्तरता दिने र ब्यवसायीलाई अझै अघि बढ्नको लागी उत्प्रेरणाको आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष विमला भण्डारीले बताउनु भएकोे छ ।
पोखरामा भएका ब्यवसायीलाई कसरी सहज तरिकाले अघि लैजाने, ब्यवसायीलाई कसरी उत्प्रेरणा दिने र नयाँ ब्यवसायीलाई कसरी मार्गदर्शन गर्न सकिन्छ भन्ने कुरा कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोख्रेलले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशव क्षेत्रीले ब्यवसायीमा भएका समस्या र उक्त समस्याको कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा सम्बन्धीत निकायले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।
पोख्रेली ब्यवसायीहरुको समस्या समाधानका लागी प्रशिक्षक सन्तोष पोख्रेल र सुधन ज्ञवालीले कर सम्बधि जानकारी दिनुभएको थियो भने कार्यक्रम लेखनाथ पौड्यालले संचालान गर्नुभएको थियो ।