जंगली च्याउ खाँदा १९ जना बिरामी

जंगली च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन्। उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन्।

बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए।बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिकको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस