पोखरामा कब्जा गरीएको जमिन, अदालतको सहि निर्णयमा नेकपा (बहुमत) कास्कीद्वारा आभार ब्यत्त

पोखराको नयाँ सडकमा ४६ बर्ष पहिलादेखि सरकारको मातहतमा रहेको सार्वजनिक जमिनलाई पोखराको एक कोइराला परिवारले निजी बनाएपछि तत्कालिन नेकपाले कब्जा गरेको जमिन हाल कास्की जिल्ला अदालतले उत्त जमिन पोखरा उपत्यका नगर बिकास समितिको हुने फैसला भएपछि नेकपा ( बहुमत ) कास्कीद्वारा एक बिज्ञप्ति जारी गर्दै खुसि ब्यत्त गरेको छ ।

नेकपा ( बहुमत ) कास्कीका जिल्ला इन्चार्ज गोकुल पराजुली र संयोजक बद्री अधिकारीद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ ” हालै सम्मानित जिल्ला अदालतले उत्त जग्गा पोखरा उपत्यका नगर बिकास समितिको मातहतमा रहने गरी गरीएको फैसला प्रति हाम्रो पार्टी स्वागत गर्दछ ।” साथै बिज्ञप्तिमा उल्लेख गर्दै पार्टीले आगामी दिनमा कास्की जिल्ला भित्र रहेका सार्वजनिक सम्पत्ति भू- माफियाहरुको चङ्गुलमा जान नदिनका लागी निरन्तर संघर्षमा लागिरहने समेत बताएको छ ।

पोखराको नया सडकस्थित किता नम्बर १६६८ (साबिक कि.न ६७६) को सार्बजनिक जग्गा पोखरा गैहापाटनका करुणानिधि कोइरालाले आफ्नो नाममा बनाएका थिए भने तत्कालिन उपत्यका नगर बिकासले नयाँ सडक निर्माण गर्दा सम्बन्धित जग्गा धनीलाई उचित मुआब्जा दिएर ५० प्रतिशत नगर बिकास समितिलाई दिई बाँकी ५० प्रतिशत सम्बन्धित जग्गा धनी करुणानिधिलाई बिकसित घडेरी दिने भनी २०३२ साल भाद्र २३ गते सामुहिक सहमती भएपछि उक्त जग्गा सरकारी भएको थियो ।

सरकारले उचित मुआब्जा दिएर अधिकरण गरेको उक्त जग्गा भूमाफियाको योजनामा करुणानिधि परिवारले आफू खुसी बेच्ने र कास्कीकै मालपोतमा दलालहरुको नाममा पास गराउदा समाजमा आफ्नो छबि बिग्रिने भएपछि बाहिर जिल्लाका मालपोतमा गएर पास गर्ने गरेका थिए ।

उनीहरुको यस्तो घटिया हर्कत थाहा पाएपछि नगर बिकासले देशैभरका मालपोतमा रोक्का गर्न पत्राचार गरी उक्त मुद्दा अदालती प्रक्रियामा गएको थियो । उक्त सरकारी जग्गामा आफ्नो हक दाबी गर्दै अदालतमा मुद्दा दर्ता समेत गरेका कोइराला परिवारको रिटलाई पटक-पटक जिल्ला र पुनराबेदन अदालतले खारेज गरी उक्त जग्गामा सरकार बाहेक अरु कसैको हक नपुग्ने भनी प्रस्ट बोलेको थियो ।

उक्त जग्गालाई निजी बनाउन नसकेर छटपटाइ रहेका कोइराला परिवारले पछिल्लो पटक निकै ठुलो आर्थिक चलखेल गर्दै सर्बोच्च अदालतसम्म पुगेर मोटो रकम खुवाई आफ्नो पक्षमा फैशला गराएको कारण तत्कालिन नेकपा कास्कीले आफ्नो कब्जामा लीएको थियो ।

तत्कालिन नेकपाले यसरी सरकारी जमिनलाई निजिकरण गर्ने भूमाफियाको हर्कतप्रति गम्भीर आपत्ति जनाउँदै कालो ब्यानर र झण्डा गाढेर जग्गा सार्बजनिक गर्न कब्जा गरेको थियो भने उक्त जग्गा तत्काल पोखरा उपत्यका नगर बिकासको नाममा गराइ भुमाफियालाइ कारबाहीको माग समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस